क्लासिक संस्करणमा सनलाइट आइभरी बडी कलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आकर्षक डिजाइन, स्मार्ट यूएसबी चार्जर, दुई जना बस्न मिल्ने आरामदायी सिट लगायतका सुविधा छन् ।
नेपालमा टीभीएस स्कुटर तथा मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसको पहिलो जुपिटर क्लासिक पोखरा र चितवनमा सार्वजनिक गरेको छ । नयाँ जुपिटर क्लासिक यसअघि नै नेपाली युवामाझ लोकप्रिय छ ।
क्लासिक संस्करणमा सनलाइट आइभरी बडी कलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आकर्षक डिजाइन, स्मार्ट यूएसबी चार्जर, दुई जना बस्न मिल्ने आरामदायी सिट लगायतका सुविधा छन् । चालकलाई सुखद अनुभूति र उच्चगति प्रदान गर्ने टीभीएस जुपिटर सडकमा समेत निकै आकर्षक देखिन्छ । पूरै आल्मुनियम बडी भएको टिभिएस जुपिटर क्लासिकले ११० सीसी इन्जिनबाट उच्चतम शक्ति उत्पन्न गर्छ । यो सुपेरियर एक्सिलेरेसन र निकै इन्धन किफायती छ ।
चलाउन निकै सजिलो यो स्कुटरमा टीभीएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुवैमा चलाउन सकिन्छ । इको मोडमा गुडाउँदा इन्धन बचत हुन्छ । क्षेत्रीय शुभारम्भ कार्यक्रमको उद्घाटनमा जुपिटर क्लासिकका ब्रान्डएम्बेस्डर आयुष्मान जोशी र प्रियङ्का कार्कीसहित नेपाल आइडलका लोकप्रिय प्रतिस्पर्धीमध्येका एक सुरज थापा उपस्थित थिए ।