आमाको गुहार, गुगल प्ले र ऐप स्टोरबाट हटाइयो चर्चित म्यासेजिङ ऐप साराहाह

पहिचान लुकाएर कमेन्ट गर्ने सुविधा हुनाले यो ऐप लन्च हुनासाथ विश्वभरि चर्चित भएको थियो । साऊदी अरबमा तयार या ऐपसँग ३० करोडभन्दा बढी व्यक्ति जोडिएका थिए ।

एउटी आमाको पिटिसनमा साराहाह ऐपलाई ऐपलको ऐप स्टोर र गूगल प्ले स्टोरबाट हटाइएको छ । पहिचान लुकाएर कमेन्ट गर्ने सुविधा हुनाले यो ऐप लन्च हुनासाथ विश्वभरि चर्चित भएको थियो । साऊदी अरबमा तयार या ऐपसँग ३० करोडभन्दा बढी व्यक्ति जोडिएका थिए ।

हुनत यो ऐपले धेरैलाई दुख दिने गरेको समाचारका लागि पनि कुख्यात रह्यो । अस्ट्रेलियाकी कटरिना कोलिन्स पनि ती आजित हुनेमध्येकी एउटी थिइन् । उनकी १३ वर्षीया छोरीलाई यो ऐपको माध्यमले अभद्र कमेन्ट्स गरिएपछि उनले यसका विरुद्ध मोर्चा खोलिन् । उनले यो ऐपलाई हटाउन अनलाइन पिटिसन सुरू गरिन् र उनलाई ४ लाख ७० हजारभन्दा बढी व्उक्तिले सपोर्ट गरे ।

मेडिया रिपोर्ट्सका अनुसार, आम मानिसको यति ठूलो विरोध देखेपछि यो ऐपलाई एन्ड्रायडको गुगल प्ले स्टोर र ऐपल स्टोरबाट हटाइएको छ । अब यसलाई दुवै ठाउँबाट डाउनलोड गर्न सकिन्न । जसका मोबाइलमा यो पहिले नै इन्स्टल छ तिनले मात्र यसको प्रयोग गर्न सक्छन् ।