पेट्रोलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

निगमले आइतवार राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलको मूल्यमा एक रुपैयाँ घटाएको हो ।

पाक्षिक नाफा १५ करोड रहेको निगमले पेट्रोलमा मूल्य घटाएपछि प्रतिलिटर एकसय तीनमा झरेको छ । निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले क्यापिटनेपाललाई बताए ।