अपर तामाकोसीको लागत थप ११ अर्ब बढ्यो

आयोजना निर्माणका लागि ३५ अर्व २९ करोड लागतको अनुमान गरिए पनि आयोजना निर्माणमा ढिलाई हुँदा लागत बढ्ने भएको छ । प्रवक्ता न्यौपानेका अनुसार, थप ११ अर्वको हाराहारीमा लागत थपिएर ४६ अर्ब पुग्ने अनुमान रहेको बताए । बार्षिक मूल्य बृद्धि, प्रशासनिक खर्चमा बृद्धि र विदेशी मूल्य डलरका कारणले निर्माण लागत बढेको उनले बताए ।

निर्धारित समयभित्र माथिल्लो तामाकोसी जलविद्युत आयोजना पूरा नहुँदा थप ११ अर्ब रुपैयाँ लागत बढ्ने भएको छ । कुल ३५ अर्ब २९ करोड लागतमा बन्ने आयोजना अहिले ४६ अर्ब रुपैयाँ पुग्ने भएको माथिल्लो तामाकोसी आयोजनाका प्रवक्ता गणेश न्योपानेले जानकारी दिए ।
ठाउँ ठाउँमा बाटो भत्किएपछि समयमै सामान ढुवानी हुन नसक्दा आयोजना पूरा हुने समय लम्बिएको हो । उनका अनुसार असारमा आयोजनाले विद्युत् उत्पादन गर्नुपर्ने भए पनि समयमै सामान नआएकाले लागत र समय दुवै बढेको बताए ।

‘२०७५ असारमा विद्युत् उत्पादन गर्ने गरी काम गरेको हो,’ उनले भने, ‘तर, सामान ढुवानीको जिम्मा पाएको कम्पनीले समयमा समान नल्याउँदा डिसेम्बरसम्म लम्बिएको हो ।’ उनका अनुसार अयोजनाको ९४ प्रतिशत काम सम्पन्न भएको छ । दोलखामा निर्माणधीन ४ सय ५६ मेगावाटको उक्त आयोजनाको काम तीव्र रुपमा अगाडी बढेको छ ।

स्वदेशी लगानीमा बन्न लागेको उक्त आयोजनाको सवै लटको काम ९० प्रतिशत भन्दा बढी सम्पन्न आयोजनाले जनाएको छ । पहिलो लटको सिनो हाइड्रोले ठेक्का पाएको सिभिल निर्माणतर्फको काम ९१ प्रतिशत सम्पन्न भएको छ । त्यस्तै टेक्सम्याक रेल्वे इन्जिनियर इन्डियन कम्पनीले ठेक्का पाएको हाइड्रो माइक्रो मेकानिकल, इलेक्टो हाइड्रो मेकानिकलको काम र आयोजनाको अन्य आन्तरिक काम पनि ९० प्रतिशत सम्पन्न भइसकेको आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिए ।

सन् २०१८ डिसेम्वर भित्र आयोजनाले विद्युत उत्पादन सुरु गर्ने बताए । ‘अहिले आयोजनामा निर्माणको काम तीव्र रुपमा भइरहेको छ’ उनले भने, ‘आगामी २०१८ डिसेम्वर भित्र विद्युत उत्पादन दिन्छौँ ।’ आयोजनाबाट उत्पादित विद्युत न्यु खिम्ती सव स्टेशनमा जोडिने उनले बताए ।
भारतीय नाकाबन्दी र भूकम्पका कारण आयोजना निर्माणकोे काम २ बर्ष धकेलिएको हो । माथिल्लो तामाकोशी जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना हो । आयोजनाले वि.सं २०६७ बैशाखमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भएको थियो ।

११ अर्ब लागत थपियो

आयोजना निर्माणका लागि ३५ अर्व २९ करोड लागतको अनुमान गरिए पनि आयोजना निर्माणमा ढिलाई हुँदा लागत बढ्ने भएको छ । प्रवक्ता न्यौपानेका अनुसार, थप ११ अर्वको हाराहारीमा लागत थपिएर ४६ अर्ब पुग्ने अनुमान रहेको बताए । बार्षिक मूल्य बृद्धि, प्रशासनिक खर्चमा बृद्धि र विदेशी मूल्य डलरका कारणले निर्माण लागत बढेको उनले बताए ।