मार्च १९ र २० मा एचआर मिट

हरेक वर्ष आयोजना हुँदै आएको एचआर मिट याे बर्ष आगामी चैमा हुने भएको छ । एचआर मिटको यो ११ औं संस्करण हो । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा मार्च १९ र २० तारिखमा हुने ग्रोथ सेलरका प्रवन्ध निर्देशक मोहन ओझाले जानकारी दिए ।
कुनै पनि संस्थामा स्थापना गरिने मानव संशाधन विभागले संस्थाको विकासका साथै कुनै पनि देशको विकासमा यसको भुमिका उल्लेख्य हुने उनको भनाइ छ ।

दुई दिने मानव संशाधन सम्मेलनमा यो वर्ष तान्या मिश्र र एन एस आएर प्रमुख वक्ताको रुपमा उपस्थिति हुने र उनीहरुले एचआरका विभिन्न समस्या र तिनका समाधानका बारेमा आफ्नो भनाइ राख्ने आयोजकले जनाएको छ । यसका साथै उक्त सम्मेलनमा मानव संशाधन शाखामा कार्यरत कर्मचारीको दैनिकी व्यवस्थापन एवं तनाव न्यूनिकरणका विषयमा पनि छलफल हुनेछ ।

सन् २००८ देखि नेपालमा सुरु भएको गैर आवासिय सम्मेलनको रुपमा लिइएको एचआर मिटको यो वर्षको संस्करणमा करिब २ सय ५० जना सहभागि हुने अनुमान गरिएको छ । गत वर्षको एचआर सम्मेलनमा विभिन्न संघ संस्था र कार्यलयबाट २६० जना सहभागि उपस्थित भएको पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यो वर्षको एचआर मिटको टाइटल स्पोन्सरको रुपमा निम्बल इन्फोसिस प्रा.लि रहेको छ भने बोष्टोन इन्टरनेशनल कलेज एसोसियट पार्टनरको रुपमा रहेको छ ।