मोबाइल वर्ल्ड कङ्ग्रेस २०१८ को मुख्य विषय – फाइभ जी

फाइभ जी वायरलेस ब्रोडब्यान्डले प्रतिसेकेन्ड कैयौं गिगाबाइट्स ब्यान्डविथ प्रदान गर्नेछ, जसका लागि आजको सञ्चार प्रणालीहरुको उपयोगको तुलनामा धेरै फ्रिक्वेन्सी रेन्जमा व्यापक ब्यान्ड आवश्यक हुनेछ ।

स्पेनको राजधानी बार्सिलोनामा भइरहेको मोबाइल वल्र्ड कङ्ग्रेसमा फाइभ जी छलफलको एउटा मुख्य विषय हुने भएको छ । सेलुलर प्रविधिको आगामी पुस्ताले फोरजीको ट्रान्समिसन समय, सुरक्षा तथा दक्षता परिमार्जन गर्नेछ । आईईईई एक्सप्लोरमा नवीनतम फाइभ जीको प्रगतिबारे ताजा लेख प्रकाशित छ ।

कम ऊर्जा खपत गर्ने एम्प्लिफाएरले साइज नबढाईकनै ब्याट्रीको लाइफ बढाउँछ
क्लाउड(आधारित सेवा, सोसल नेटवर्क तथा मल्टिमिडिया स्ट्रिमिङले उच्च ब्यान्डविथका मोबाइल सञ्चारको मागमा व्यापक वृद्धि गरेको छ । यसका अतिरिक्त, उपभोक्ताहरुलाई पनि आफ्नो मोबाइलमा लामो समयसम्म टिक्ने ब्याट्रीको अपेक्षा छ । फाइभ जी सञ्चारका लागि लामो समयसम्म टिकाउ ब्याट्री जुन युरोपियन शोधकर्ताहरुद्वारा विकसित गरिएको कम–ऊर्जा खपत गर्ने एम्प्लिफाएरको नमुना यसको एउटा समाधान हुन सक्छ ।

फाइभ जी वायरलेस ब्रोडब्यान्डले प्रतिसेकेन्ड कैयौं गिगाबाइट्स ब्यान्डविथ प्रदान गर्नेछ, जसका लागि आजको सञ्चार प्रणालीहरुको उपयोगको तुलनामा धेरै फ्रिक्वेन्सी रेन्जमा व्यापक ब्यान्ड आवश्यक हुनेछ । मल्टी–मानक एम्प्लिफाएरको प्रयोग विभिन्न फाइभ जी अनुप्रयोग जस्तै जीपीएस, वाईफाई तथा ब्रोडब्यान्डले सुसज्जित उपकरणहरुमा ब्यान्डविथको व्यवस्था गर्न सकिन्छ । यस अध्ययनमा कम–ऊर्जा एम्प्लिफाएरले केवल थोरै मात्र अतिरिक्त ऊर्जा उपयोग गरेर फोनलाई चाहिने ब्यान्डविथलाई अधिक कुशलतापूर्वक व्यस्थापन गर्ने अनुमति दिन्छ । अलगअलग आकारका फोनमा राख्न मिल्ने गरी अनुसन्धाताहरुले आफ्ना नमुना ब्याट्रीहरुको आकार सानो बनाउने कोसिस गरिरहेका छन् ।

मल्टिब्यान्ड स्पेक्ट्रम सेन्सिङ तथा रिसोर्स एलोकेसनसँग फाइभ जी नेटवर्कमा इन्टरनेट अफ थिङ्स (आईओटी) सिस्टमको परिमार्जन
फाइभ जी उपकरणका लागि ऊर्जा दक्षतासँगै शोधकर्ताहरुले इन्टरनेट अफ थिङ्स (आईओटी) सिस्टममा संसाधनको वितरणलाई गुणस्तरीय बनाउन पनि खोज्दै छन् । आईओटी सिस्टम फाइभ जीसँग सक्षम हुनाले लगातार परिवर्तित परिस्थितिमा धेरैभन्दा धेरै सेवाहरुका लागि लचिलो वितरण तथा बलियो सञ्चालन प्रदान गर्ने आशा छ । कार्लटन विश्वविद्यालयको एउटा अनुसन्धान टोलीले हालै संज्ञानात्मक फाइभ जी नेटवर्कमा आईओटीका लागि एउटा मल्टिब्यान्ड सहकारी स्पेक्ट्रम सेन्सिङ तथा संसाधन वितरण ढाँचा प्रस्तुत गरेको छ । परम्परागत एकल–ब्यान्ड योजनाहरुको तुलनामा मल्टिब्यान्ड एप्रोचले रेडियो सङ्केतहरुको स्पेक्ट्रम सेन्सिङका लागि ऊर्जाको खपत धेरै नै कम गर्न सक्छ । सेन्सिङ योजनामा जोडिनका लागि शोधकर्ताहरुले आईओटीका अनुप्रयोगहरुमा गतिशील संसाधन वितरणका लागि क्रस–लेयर कन्फिगुरेसन स्किम प्रस्तुत गरे जसमा डाटा दर, विश्वसनीयता, आर्थिक मूल्य तथा पर्यावरणको लागतसहित विभिन्न गुणस्तरीय सेवा तथा आवश्यकताहरु समावेश छन् ।

प्रस्तावित प्रारुप अझै पनि वास्तविक–विश्व परीक्षणका लागि आईओटी प्रणालीहरुमा सेन्सर लागू हुनु आवश्यक छ । किनकि शोधकर्ताहरु वायरलेस च्यानलहरुमा भएका कमीकमजोरीसँग सङ्घर्ष गरिरहेका छन् । जस्तैः जब आईओटी सिस्टमले एकैपटक अनेकौं सम्बन्ध अनुभव गर्छ । अथवा खराब मौसमको सामना गर्छ । हुन त एक पटक पूरा भएपछि दुवै योजनाले मिलेर काम गर्नेछन् । यसले गर्दा आईओटी नेटवर्कले जुनसुकै परिस्थितिमा पनि मल्टिब्यान्ड सेन्सिङ तथा गुणस्तरीय संसाधन वितरणको माध्यमले फाइभ जी वायरलेस सिग्नललाई कुशलतापूर्वक बुझ्न सकोस् ।

फाइभ जी डिभाइस–टु–डिभाईस (डी–टु–डी) कम्युनिकेसन्समा सूचनाको पकडलाई अनुकूलित गर्नु
फाइभ जीको प्रगतिका रुपमा एउटा अर्को महत्वपूर्ण केन्द्रबिन्दु ट्रान्समिसन दर हो । डी–टु–डी सञ्चार फाइभ जी सिस्टमको एउटा प्रमुख विशेषता हो । डी–टु–डीले मोबाइल नेटवर्कबाट कनेक्ट हुनुको साटो मोबाइल वातावरणमा उपकरणहरुका बीच सीधा सम्पर्क प्रदान गर्छ । यसको परिणामस्वरूप, द्रुत गतिमा सञ्चरणको गति बढ्ने गर्छ । बेइजिङ विश्वविद्यालयका हुलाक तथा दूरसञ्चार, सूचना इन्जिनियरिङ कलेज एवम् डीईआईका शोधकर्ताहरुको एउटा टोलीले इन्फर्मेसन सेन्ट्रिक नेटवर्किङ (आईसीएन) सिद्धान्तका आधारमा डी–टु–डी प्रविधिसँग सामग्री वितरणका लागि एउटा अनुकूलित नमुना बनाएका छन् । आईसीएनका आर्किटेक्चरले डी–टु–डीको आवश्यकतासँग राम्ररी सम्बन्ध स्थापित गर्छन् । किनकि तिनले मोबाइल सेवाका लागि सहज समर्थन प्रदान गर्दछन् तथा मोबाइल उपकरणबाट सूचनालाई अलग गर्न सक्षम हुन्छन् । यसको अन्त्यमा अनुसन्धान दलको मोडेलले आईसीएनको कार्यात्मकता, डी–टु–डी आवश्यकता र फाइभ जी स्पेसिफिकेसनबीचको परस्पर क्रियालाई समात्छ ।

आफ्नो नमुना परीक्षण गर्न शोधकर्ताहरुले वास्तविक वातावरण जस्तो कि कुनै वाहनमा हिँडिरहेको नेटवर्कमा श्रेष्ठतम क्याचिङ नियन्त्रण लागू गर्नका लागि काम गरेका छन् । फाइभ जी नेटवर्कको सूचनाको भारबाट पार पाउनका लागि शोधकर्ताहरुले आफ्ना नमुनामा सक्दो सुधार गर्दै छन् । एक पटक स्थापित भएपछि परिमार्जित डी–टु–डी सञ्चारले ट्रान्समिसनको समय कम गर्न सक्छ र ऊर्जाको मूल्यमा पनि बचत गर्न सक्छ ।

भौतिक सुरक्षाको तहसँगै फाइभ जी नेटवर्क सुरक्षाको विकास
फाइभ जी उपकरणहरुको दक्षता वृद्धि गरिरहँदा तथा नेटवर्क महत्वपूर्ण हुँदा फाइभ जी नेटवर्कमा स्थानान्तरित डाटाको सुरक्षा व्यवस्थापन गर्नु अर्को महत्वपूर्ण मुद्दा हो । अहिले फोरजी नेटवर्कमा प्रयोग गरिएको सुरक्षा आर्किटेक्ट फाइभ जीको आवश्यकतालाई अपर्याप्त भएको शोधकर्ताहरुले पाएका छन् । यस समस्याको समाधान बढी लचिलो क्रमानुगतिको सुरक्षा आर्किटेक्ट हुन सक्छ, जसले भिन्न भिन्न फाइभ जी एप्लिकेसन परिदृश्यका आवश्यकतालाई समायोजन गर्न सक्छ । यो आर्किटेक्टअन्तर्गत शोधकर्ताहरुले फाइभ जी नेटवर्कका लागि एउटा क्रस–लेयर लाइटवेट प्रमाणीकरण योजना तथा सुरक्षा–सहयोग एन्क्रिप्सन योजनासहित एउटा नवीनतम भौतिक लेयर प्रस्तुत गरेका छन् ।

उक्त आर्किटेक्चरले नमुना परीक्षणमा राम्रो प्रदर्शन गरेको छ । तर, वास्तविक विश्व परिस्थितिमा अझै पनि परीक्षणको आवश्यकता छ । एक पटक उक्त आर्किटेक्चरलाई अन्तिम रूप दिएपछि फाइभ जी सञ्चारलाई सुरक्षित गर्न एउटा हितकारी उपाय हुनेछ ।