पुननिर्माणमा १ लाख २३ हजार नयाँ घर थपिदा ३७ अर्ब खर्च बढ्यो

कुल ७ लाख ६७ हजार ७ सय ५ लाभग्राहीमध्ये ६ लाख ८२ हजार ७ सय ९० ले पहिलो किस्ता, २ लाख २७ हजार ९२ ले दोस्रो किस्ता र ५३ हजार ५ सय १८ लाभग्राहीलाई तेस्रो किस्ता वितरण भइसकेको ५ सय १८ लाभग्राहीलाई तेस्रो किस्ता वितरण भइसकेको छ । ६ लाख ९३ हजार बढि लाभग्राहीसँग अनुदान सम्झौता सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प गएको अढाइ बर्षमा थप १ लाख २३ हजार नयाँ घर थपिएको जनाएको छ । नयाँ थपिएका निजी आवास तथा पुननिर्माणका लागि ३७ अर्व खर्च थपिने प्राधिकरणका प्रवक्ता यमलाल भूषालले बताए ।

‘निजी आवास निर्माणका लागि ३७ अर्व खर्च थपिने अनुमान गरेका छौँ ।’ प्रवक्ता भूषालले भने, ‘नयाँ घरको संख्या थपिएकाले व्ययभार पनि थपिएको हो ।’ आगामी ३ बर्ष भित्रमा पुननिर्माणको काम सम्पन्न गर्ने लक्ष्यका साथ योजना बनाएका छौँ ।’ । सरकारीस्तरबाट ५३ अर्व बजेट विनियोजन गरे पनि खर्च अपुग हुने देखिएको भूषालले बताए ।

प्राधिकरणको तथ्यांकमा हालसम्म १ लाख १ हजार ४ सय २ घर निर्माण सम्पन्न भइसकेको र ३ लाख ३६ हजार ४ सय १८ घर निर्माणाधीन रहेका छन ।

कुल ७ लाख ६७ हजार ७ सय ५ लाभग्राहीमध्ये ६ लाख ८२ हजार ७ सय ९० ले पहिलो किस्ता, २ लाख २७ हजार ९२ ले दोस्रो किस्ता र ५३ हजार ५ सय १८ लाभग्राहीलाई तेस्रो किस्ता वितरण भइसकेको ५ सय १८ लाभग्राहीलाई तेस्रो किस्ता वितरण भइसकेको छ । ६ लाख ९३ हजार बढि लाभग्राहीसँग अनुदान सम्झौता सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

पुननिर्माणका लागि प्राधिकरणले स्थानीय सरकारसँग समन्वय गरी अगाडी बढ्ने जनाएको छ । अहिले निजी आवास पुनर्निर्माणका लागि झन्डै ५६ हजार कामदार भूकम्प प्रभावित जिल्लामा खटिएका छन् । प्राधिकरणले पुननिर्माणलाई गति दिन ४१ हजार निर्माणकमी थप गर्न लागेको छ । चैत मसान्तसम्मका लागि दोस्रो किस्ता लिने समयावधि तोकिएको छ ।