भोटेकोशीले एक महिनापछि निर्माण थाल्ने

आयोजना निर्माणका लागि आन्तरिक व्यवस्थापन करिव पूरा भएपश्चात अर्थात एक महिना भित्र निर्माण थाल्ने योजना बनाएको हो । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) डलरमा गरेको थियो । भोटेकोशी हाइड्रोपावर र सिचुवान हुवानी इनर्जी कम्पनीको सयुक्त लगानीमा बन्न लागेको आयोजनाका सचिव बोन्जिल भट्टराइले बताइन् । ‘ बल्ल कन्ट्रक्सनको अनुमति पाएका छौँ’ उनले भनिन् ‘आगामी एक महिना पछि आयोजनाको काम सुरु गछौँ ।’

रसुवा भोटेकोशी जलविद्युत आयोजनाले एक महिना पछि निर्माण थाल्ने भएको छ । एक सय २० मेगावाटको उक्त आयोजनाले गत वि.सं २०७१ मा निर्माणको अनुमति पाएको थियो । रसुवा जिल्लाको स्याफ्रँबेसीमा बन्ने आयोजनाका लागि निर्माण कम्पनी, ठेकेदार, पुँजी, सामाग्रीको व्यवस्थापनको तयारी पुरा हुन लागेको आयोजनाले जनाएको छ ।

आयोजना निर्माणका लागि आन्तरिक व्यवस्थापन करिव पूरा भएपश्चात अर्थात एक महिना भित्र निर्माण थाल्ने योजना बनाएको हो ।
नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) डलरमा गरेको थियो । भोटेकोशी हाइड्रोपावर र सिचुवान हुवानी इनर्जी कम्पनीको सयुक्त लगानीमा बन्न लागेको आयोजनाका सचिव बोन्जिल भट्टराइले बताइन् । ‘ बल्ल कन्ट्रक्सनको अनुमति पाएका छौँ’ उनले भनिन् ‘आगामी एक महिना पछि आयोजनाको काम सुरु गछौँ ।’

विभिन्न सरकारी प्रक्रिया र आन्तरिक व्यवस्थापनका कारण निर्माण सुरु गर्न ढिलाई भएको भट्टराइले जानकारी दिइन् । लाङटाङ भोटेकोशी जलविद्युत आयोजनाले निर्माण गर्न लागेको उक्त आयोजनामा ९० प्रतिशत विदेशी र १० प्रतिशत स्वदेशी लगानी छ ।

झन्डै २२ अर्व रुपैया लागत अनुमान गरिएको सो आयोजनाबाट आगामी चार बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जनाइएको छ । नेपाल विद्युत प्राधिकरणको निर्देशिकामा विदेशी लगानीमा बन्ने १ सय मेगावाट बढिका आयोजनाहरुको पिपिए डलरमा गर्नुपर्ने उल्लेख छ । प्राधिकरणको निर्देशिका तयार भएपछि पिपिए गर्ने यो पहिलो आयोजना हो । आयोजनाबाट उत्पादित विद्युतको विल नेपाली रुपैँयामा आउने छ ।