जर्नालिस्ट नाइट आउट २०१८ भव्य रुपमा सम्पन्न

क्लब हिमालय नगरकोटमा गत फागुन १९ र २० गते सम्पन्न उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

एमभी दुगड ग्रुपले ‘जर्नालिस्ट नाइट आउट २०१८’ कार्यक्रम सम्पन्न गरेको छ । क्लब हिमालय नगरकोटमा गत फागुन १९ र २० गते सम्पन्न उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

सो अवसरमा एमभी दुगड ग्रुपले हाल नेपालमा बिक्री वितरण गरिरहेका विभिन्न उत्पादनका बारेमा जानकारी दिएको थियो ।

त्यसक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम भएका थिए । जसअन्तर्गत घैँटो फुटाइ प्रतियोगितामा अटोमोबाइल म्यागेजिनका सन्तोष अधिकारी प्रथम भएका थिए । त्यसैगरी डोरी तान्ने प्रतियोगितामा अटो एक्सप्रेस म्यागेजिनका कमल पौडेल, अटोमोबाइल म्यागेजिनका दीपेश पौडेल, केन्द्रबिन्दू डटकमका विदुर खतिवडा, नेपालअटो डटकमका एकराज सुवेदी र बिजमाण्डु डटकमका कविराज लम्सालको समूह विजयी बनेको थियो ।

रोयल इन्फिल्ड बाइकमा गरिएको जिमखाना प्रतियोगितामा दि हिमालयन टाइम्सका सुजन ढुङ्गाना विजयी भएका थिए । त्यसैगरी बेलुन फुटाई प्रतियोगितामा नागरिक दैनिकका अर्जुन तामाङ विजयी भए ।

एमभी दुगड ग्रुपले बजारमा ल्याएको महिन्द्रा कमर्सियल भेइकलका बारेमा रिजनल सेल्स म्यानेजर कनकजमरले जानकारी दिएका थिए । त्यसैगरी पियोजिओका तीन पाङ्ग्रे सवारी साधनका विषयमा हेड अफ अपरेसन विजयकुमार महतो र रोयल इन्फिल्ड बाइकका बारेमा हेड अफ अपरेसन मेघराज पौडेलले जानकारी दिएका थिए । पौडेलले एमभी दुगड ग्रुपले बिक्रीवितरण गर्नेगरेका अन्य उत्पादनका बारेमा समेत जानकारी दिएका थिए ।