एप्पलको हाइटेक सिसमहल अफिस, कर्मचारी घाइते हुँदै !

अल्ट्रा ट्रान्सप्यारेन्ट सिसाले बनाइएको यो अफिसमा अहिलेसम्म तीन जना कर्मचारी घाइते भइसकेका छन् । र, चोट पनि सानोतिनो होइन, यति ठूलो कि इमरजेन्सी सेवा बोलाउन पर्यो ।

क्यालिफोर्नियामा बनाइएको एप्पलको स्पेससिप स्टाइलको विलासी अफिस एप्पल पार्कमा त्यहाँका कर्मचारी यसमा बनाइएको सुसाको भित्ता र झ्यालमा ठोक्किएर घाइते भइरहेका छन् । अर्बौंको लागतमा बनेको यो अफिस कर्मचारीहरुका लागि समस्या बनेको छ ।

वास्तवमा यो अफिस सिसैसिसाले बनेको हुँदा कसैलाई थाहै हुन्न कि ढोका कहाँदेखि सुरु हुन्छ र कहाँ सकिन्छ । अल्ट्रा ट्रान्सप्यारेन्ट सिसाले बनाइएको यो अफिसमा अहिलेसम्म तीन जना कर्मचारी घाइते भइसकेका छन् । र, चोट पनि सानोतिनो होइन, यति ठूलो कि इमरजेन्सी सेवा बोलाउन पर्यो ।

रिपोर्ट्सका अनुसार सिसाका ढोका तथा झ्याल नदेखिनाले कर्मचारीहरु यसमा ठोक्किएर घाइते हुने गरेका छन् । त्यहाँ टाउको तथा आँखीभौमा चोट लाग्नु समान्य बनेको छ । कसैलाई चोटपटक नलागोस् भनेर सिसामा पहेँलो स्टिकर टाँसिएको थियो, तर बिल्डिङको डिजाइन खराब नहोस् भनेर तिनलाई हटाइएको बताइएको छ । समाचार अनुसार कुनै दुर्घटना नहोस् भनेर केही सिसाहरुमा आयातकार स्टिकर टाँसिएका छन् ।

चार तले एप्पल पार्क सिसैसिसाको विशाल बिल्डिङ हो जसको डिजाइन नोर्मन फोस्टरले गरेका थिए । यस बिल्डिङमा प्रयोग भएका सिसामा पारदर्शिता तथा फराकिलोपन ल्याउनका लागि विशेष ट्रिटमेन्ट गरिएको छ । यो बिल्डिङ बनाउन करिब ५ अर्ब डलर लागेको छ । स्टिभ जब्सले यसको प्रशंसा गर्दै विश्वको सबैभन्दा सुन्दर अफिस भनेका थिए ।