साझाको सेमी लो फ्लोर बस

साझा यातायात सहकारीले अपाङ्ग मैत्री सेमि लो फ्लारे जन नामक बस नेपाली सडकमा आएको छ । साझा यातायात सहकारी संस्था र आईएमई मोर्टस् प्रालिको संयुक्त आयोजनामा अशोक लेल्यान्डद्धारा निर्मित यस प्रकारको बस नेपालमा पहिलो पटक ल्याएको हो । करिब ३५ लाख रुपैयाँमा भारतबाट ल्याएकोे सो बस निकैै आरामदायी रहेको छ ।

उक्त साझा बस सेवाको उद्घाटन काठमाडौं महानगरपाािलकाका मेयर विद्यासुन्दर शाक्य, आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत उपस्थिति रहेको थियो । बिशेष गरी यो बस रात्रिकालिन समयलाई लक्षित गरी नेपालमा सेवा सुचारु गरीएको हो ।
यो बसमा अपाङ्गता भएका व्यक्तिलाई चढ्न र ओर्लन अरुको सहयोगको आवश्यकता पर्ने छैन भने साना बालबालिका, गर्भवती महिला वा अशक्त र ज्येष्ठ नागरिकलाई पनि आवतजावत गर्न हैरान हुने छैन ।

साझाको सेमी लो फ्लोेरले पाटन अस्पताल, निदान हस्पिटल, त्रिपुरेश्वरको आँखा अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल हुँदै बासबारीको गंगालाल र न्युरो अस्पतालसम्मको रुटमा सेवा दिन साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले जानकारी दिए । यसका साथै नेपालमा केही समयमा नै साझाको विद्युतिय बस पनि उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
बसमा ४१ जनाले सिटमै बसेर यात्र गर्न सक्छन् । भारतीय कम्पनी अशोक लेल्याण्डले सहुलियत दरमा बस ल्याएको यो बस अरु बसको तुलनामा धेरै महँगो पर्छ ।

अल्का, निदान, प्रसुति गृह, नर्भिक, त्रिपुरेश्वर आँखा अस्पताल, बीर, कान्ति बाल, टिचिङ लगायतका अस्पतललाई मध्यनजर गर्दै बसको रुट तय भएको छ ।