सिभिल मलद्वारा विजया दशमी र दीपावली २०७४ को उपलक्ष्यमा आयोजित प्रवद्र्घनात्मक कार्यक्रम ‘यमाहा सिभिल मल दसैैं तिहार महोत्सव २०७४’ सम्पन्न भएको छ ।
गत भदाै २४ देखि कार्तिक १८ सम्म सञ्चालित कार्यक्रम अन्तर्गत रु एक हजार वा सोभन्दा बढी रकम बराबरको सामान खरीद गर्ने ग्राहकमध्येबाट ३ जनाले यमाहाको उत्पादनहरु प्राप्त गरेका छन् ।
विजेताहरुमध्ये बुटवलका विजय राणाले यामाहा एफजेट २५, बालाजुका असीम कोइरालाले यामाहा फासिनो र गोंगबुका शक्ति थापाले याहामा रे प्राप्त गरे ।
गोलाप्रथाबाट चयन गरिएका अन्य विजेताहरुले एलजीको स्मार्ट टीभी, आस्रीको हीराको हार, मोबाइल फोनहरु, आइरन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, वाशिङ मेशिन, रेफ्रिजरेटर, एलजीको एलसीडी टीभी प्राप्त गरे ।
कार्यक्रम अवधिभर ३५ हजार कुपन वितरण गरिएको थियो । ७ वर्षअघि सञ्चालनमा आएदेखि विभिन्न अवसरमा निरन्तर यस्तो कार्यक्रम गर्दै आएको छ ।