सोलुखोला (दुधकोशी) जलविद्युत आयोजनामा टनेल निर्माण सुरु

कुल ११ अर्ब ८६ करोडको लागतमा निर्माण हुने आयोजनाको सम्पूर्ण सरकारी प्रकृया सम्पन्न भई निर्माण प्रक्रिया अगाडी बढेको उने बताए । ‘अहिले टनेलको काम सुरु भएको छ ।’ ढुङ्गेलले क्यापिटल नेपाललाई भने, ‘आयोजनामा पावरहाउस, क्याम्प, सडक विस्तार लगायत सम्पूर्ण सरकारी प्रकृया सम्पन्न भइ निर्माण अगाडी बढेको छ ।’ उनले अहिले निर्माणको काम तीव्रताका साथ अगाडी बढाएको बताए ।

सोलुखुम्वु जिल्लमा निर्माणाधीन सोेलुखोला(दुधकोशी) जलविद्युत आयोजनामा टनेल निर्माणको काम सुरु भएको छ । साहस उर्जा लिमिटेडले निर्माण गर्न लागेको आयोजनाले निर्माण स्थलसम्म पुग्ने बाटो, आवास निर्माण, क्याम्प, कडा भुभाग विस्फोटन लगायतका कामहरु सम्पन्न भइसकेकोे जनाएको छ ।

८६ मेगावाट क्षमताको उक्त आयोजनाले २०७१ असोज २ मा निर्माणको अनुमति पाएको थियो । इटालियन कम्पनी सिएमसीले निर्माणको ठेक्का लिएको उक्त आयोजनाले आगामी २०७७ असोज २ गते निर्माण सम्पन्न गर्नुपर्ने गरी नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता( पिपिए) गरेको साहस उर्जा लिमिटेडका प्रशासन अधिकृत सुरज ढुङ्गेलले बताए ।

कुल ११ अर्ब ८६ करोडको लागतमा निर्माण हुने आयोजनाको सम्पूर्ण सरकारी प्रकृया सम्पन्न भई निर्माण प्रक्रिया अगाडी बढेको उने बताए । ‘अहिले टनेलको काम सुरु भएको छ ।’ ढुङ्गेलले क्यापिटल नेपाललाई भने, ‘आयोजनामा पावरहाउस, क्याम्प, सडक विस्तार लगायत सम्पूर्ण सरकारी प्रकृया सम्पन्न भइ निर्माण अगाडी बढेको छ ।’ उनले अहिले निर्माणको काम तीव्रताका साथ अगाडी बढाएको बताए ।

आयोजना निर्माण गर्न लाग्ने लागतको स्टिमेट भने ८ अर्ब ५६ करोड रुपैँया बैङ्क ऋण र ३ अर्ब २१ करोड रुपैँया वित्तिय सेयरबाट व्यवस्थापन गरिएको जनाइएको छ । विभिन्न ११ बैङ्क तथा वित्तिय संस्थाबाट ऋण लिएको आयोजनाको तथ्यांकमा उल्लेख छ । स्वदेशी लगानीमा निजी क्षेत्रले निर्माण गर्न लागेको यो सवैभन्दा ठूलो क्षमताको आयोजना हो । आयोजना सोलुखुम्बुको तिङला, कागेल, र पञ्चन गाविसमा पर्छ । आयोजनाबाट उत्पादन हुने बिजुली सोलुको लामानेदेखि सिरहाको मिर्चेयासम्म ९० किलोमिटर लामो १३२ केभी क्षमताको डबल सर्किट प्रसारणलाइन जोडिने छ ।

सोलुखुम्वु जिल्लामा निर्माण हुन लागेको आयोजना निर्धारीत समयमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
प्रसारणलाइन निर्माणमा भएको ढिलाइले सोलु करिडोरमा निर्माण हुन लागेका आयोजनाको काममा ढिलाइ हुन सक्ने आयोजनाले जनाएको छ । रन अफ दि रिभरको रुपमा रहेको उक्त आयोजनाले २०६४ मा सर्वेक्षण लाइसेन्स पाएको थियो ।