यामाहा दसैं योजनाको बम्पर पुरस्कार विजेताको नाम घोषणा

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले आफ्नो दसैं योजना ‘क्यास–इन–ओ’ को बम्पर पुरस्कार विजेता घोषणा गरेको छ ।

भैरहवाका शिव राज थारुले लकी ड्रमार्फत् यामाहाको तर्फबाट ब्रान्ड न्यु स्कोडा र्यापिड जितेका हुन । लकी ड्रको प्रसारण यामाहा नेपालको आधिकारिक फेसबुक पेज र हिमालय टेलिभिजनको कार्यक्रम द इभिनिङ सो एट ६ मा गरिएको थियो ।

लकी ड्रमा एमएडब्लू इन्टरप्राइजेजका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य तथा यामाहा मोटरसाइकलका ब्रान्ड एम्बेसेडर शरद भेषावकरको पनि उपस्थिति थियो । भेषावकरले दसैं योजना सुरु भएयता यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकको नाम राखिएको बक्सबाट शिव राज थारुको नाम आएको हो ।

यामाहाको दसैं योजना भदौको दोस्रो साताबाट सुरु भएर कात्तिक मसान्तमा अन्त भएको थियो । यो योजनाअनुसार यामाहाका ग्राहकले सात हजार रुपैयाँ नगद छुट र साप्ताहिक लकी ड्रमा एक लाख रुपैयाँसम्म जित्ने अवसर पाएका थिए ।


यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका बाइक र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने बाइकमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, स्यालुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर ३ उपलब्ध छन् । यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी २५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी २५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको छ ।