खेल्ने होइन त ? कोका–कोलाले दिन्छ साथ

विश्वकप नजिकिएसँगै हरेक चोक चोकमा युवाहरु फुटबलको गफमा रमाउन थालेका छन् ।

कोका–कोला नेपालले विश्वकप फुटबलको अवसर पारेर नयाँ अभियान सुरु गरेको छ । कम्पनीले यस अभियानको नाम ‘खेल्ने होइन त ?’ राखेको छ ।

‘खेल्ने होइन त ?’ भन्ने अभियान मुख्यतया २ अर्थमा सार्थक बनाइएको छ । जसमा मानिसहरुलाई फुटबल खेल्न आह्वान गर्ने र ‘कोक खाम् रसिया जाम्’ भन्ने क्याम्पेनको बारेमा जानकारी दिनु हो ।

विश्वकप नजिकिएसँगै हरेक चोक चोकमा युवाहरु फुटबलको गफमा रमाउन थालेका छन् । केही समय अगाडि कोका–कोलाले सार्वजनिक गरेको ‘कोक खाम् रसिया जाम्’ क्याम्पेन अन्र्तगतकै एउटा हिस्साको रुपमा कम्पनीले यो अभियान ल्याएको हो ।
कोका–कोलाले यस अभियानलाई सबै ठाँउमा पुर्याउने उद्देश्यले विषेश भ्यानको सहायताले हरेक चोक चोकमा पुगेर युवाहरुलाई खोलाउँदै आएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्र सीमित नभई, यो अभियान नेपालभरि ३० ओटा सहरमा जाँदै छ । यदि तपाइँ भएतिर कोका–कोलाको यो अभियान सञ्चालन हुने भ्यान देख्नुभयो भने तपाइँ पनि खेल्न सक्नुहुनेछ ।

यसरी खेल सम्पन्न भएपछि बिजेताले कोक लोगो अङ्कित विभिन्न विशेष उपहारहरु पाउने छन् । कोका–कोलाले विश्व कपको वातावरण बनाउन र युवाहरुको मनोरञ्जनका लागि यो अभियान सञ्चालन गरेको हो । नजिकिँदो विश्वकपलाई प्रत्यक्ष हेर्न अवसर जुराउँदै गरेको कोका–कोलाले रसियामा हुने विश्वकप खेर्न ४० जनालाई लाने घोषणा गरेको छ भने करिब १२५०० जनाले पूरै क्याम्पेनमा विजेता बन्ने मौका पाउने छन् । जसमा फिफा लोगो अङ्कित विषेश उपहार दैनिक २ सयले पाउने छन् ।

‘खेल्ने होइन त ?’ अभियान देशका ३० सहरी तथा २० भन्दा बढी ग्रामीण भेगहरुमा पुग्ने छ ।