कोकाकोलाको पानीको  ब्रान्ड किन्ले नेपालमा

कोकाकोला नेपालले नेपाली बजारमा आफ्नो किन्ले ब्राण्डको पानी सार्वजनिक गरेको छ ।  वेभरेज मार्केटलाई लक्षित गरेर ल्याइएको पेय पदार्थ (पानी) जुन कोकोकोलाको नेपाली बजारमा दोस्रो ठुलो उत्पादन हो । जुन उत्पादन शुद्ध पिउने पानीको रुपमा आएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उच्च गुणस्तरको शुद्ध र सफा पिउने पानीको रुपमा बजारमा आएको यो उत्पादनमा प्रयोग गरिने पानी कोकाकोला कम्पनीबाटै आउने छ । जसलाई प्रशोधन मार्फत उच्च गुणस्तरको बनाईएको छ ।

किन्ले ब्राण्डको अनाबरण ब्राण्ड एम्बेसडर महानायक श्री राजेश हमाल, कोकाकोला नेपालका कन्ट्रिडाइरेक्टर अम्बुज सिंह र बोटलर्स नेपालका प्रबन्ध निर्देशक श्री पुनित भार्शने संयुक्त रुपमा उद्धघाटन गरेका हुन ।  उक्त कार्यक्रममा वाटर एडका सिनियर कार्यक्रम प्रबन्धक तथा पानी बिज्ञ कबिन्द्र पुडासैनी, र डब्लुडब्लुएफका सिनियर कार्यक्रम प्रबन्धक घनश्याम गुरुङले नेपालमा पिउने पानीको हालको अवस्था र गुणस्तरका बारेमा चर्चा गरेका थिए ।

प्रडक्ट लञ्चिङ कार्यक्रममा बोल्दै नेपालको लागि कोकाकोला नेपालका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले भने ‘किन्ले ब्राण्ड सबै ठाउँमा नै निकै प्रख्यात भएको छ । हामीलाई विश्वास छ नेपालमा समेत यसले निकै राम्रो बजार पाउने छ । अघिल्लो बर्ष कोक जिरो नेपाली बजारमा ल्याएका थियौँ ।’

उक्त कार्यक्रमा बोल्दै बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शनेले भने ‘हामीले किन्लेको नेपालमा उत्पादन सुरु गरेका छौं । यसको शुद्धतामा कुनै सम्झौता गरिएको छैन । ८ चरणसम्म पानीको प्रोसेसिङ हुन्छ । नेपालमै उत्पादन भएको उच्च गुणस्तरको पानी नेपालभरी नै फैलाउने हामीले लक्ष्य लिएका छौं ।’

कार्यक्रमा बोल्दै ब्राण्ड एम्बेस्डर महानायक राजेश हमालले भने, ‘किन्लेले मेरो विश्वास जितेको छ, मलाई विस्वास छ यसले सारा नेपालीको विस्वास जित्ने छ ।’

किन्ले कोकाकोलाको अन्तर्राष्ट्रिय गुणस्तरको उत्पादन भएकाले यसको उत्पादनमा कुनै सम्झौता गरिएको हुँदैन । यसले स्टेट अफ आर्ट टेक्नोलोजीमा आधारीत रहेर आफ्नो उतपादन ल्याएको हुन्छ । त्यसैले किन्ले सधै मेरो रोजाईमा पर्ने गरेको हमालले बताए ।