चीन र नेपालको सयुक्त लगानीमा सञ्चालित अन्तर्राष्ट्रिय वायु सेवा हिमालय एअरलाइन्स तेस्रो वर्षमा प्रवेश गरेको छ । अहिले हिमालय एअरलाइन्ससँग तीन ओटा ए३२० एयरबसका जहाज सञ्चालनमा रहेका छन् । दक्षिण एसियाली ट्राभल अवार्ड (साटा) २०१७ मा दक्षिण एसियाको “प्रमुख नयाँ अन्तर्राष्ट्रिय वायुसेवा” जस्तो पहिलो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।
एयरलाइन्स प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘हिमालय एयरलाइन्स नेपालको निजी क्षेत्रको द्रूतगतिमा अगाडि बढेको एयर हो । हाम्रा उडानहरुको समय सीमा प्रभावकारितामा होस् वा चाहे त्यो सबैभन्दा सजिलो एवम् प्रभावकारी समयको हवाईयात्रा सुनिश्चित गर्ने सवालमा होस् । हामीलाई अगाडि बढ्न प्रत्येक पाइलामा साथदिने सबै यात्रुहरू, सहयोगीहरू रसरोकारवालाहरूलाई धन्यवाद दिन चाहन्छौँ ।’