पुननिर्माण गर्न अपुग ३७ अर्ब रकम अर्थसँग माग

दोस्रो किस्ता वितरणका लागि आवश्यक पर्ने ३७ अर्ब रुपैयाँ सहायता गर्ने विषयमा मौखिक आश्वासन पाएको प्राधिकरणका प्रमुख कार्यकारीस् अधिकृत (सीईओ) युवराज भूषालले जानकारी दिए । कुल ३७ अर्ब अपुग हुन्छ’ उनले भने, ‘अपुग रकम अर्थले दिने विषयमा मौखिक आश्वासन दिएको छ ।’

राष्ट्रिय पुन निर्माण प्राधिकरणले अपुग ३७ अर्ब रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरेको छ । नयाँ थपिएका निजी आवास तथा पुननिर्माणका लागि ३७ अर्व खर्च थपिएपछि प्राधिकरणले मन्त्रालयसँग उक्त रकम माग गरेको हो ।

प्राधिकरणको मागबमोजिम अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७४÷०७५ को अर्धबार्षिक समिक्षा प्रतिवेदनमा पुननिर्माणका लागि ३७ अर्ब नेपाल सरकारको स्रोततर्फ थप बजेट आवश्यक पर्ने उल्लेख छ ।

भूकम्पबाट क्षति भएका निजी आवासको पुननिर्माणका लागि नेपाल सरकारबाट लाभग्राहीलाई पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाखका दरले तीन किस्तामा अनुदान दिने व्यवस्था गरिएको छ ।

दोस्रो किस्ता वितरणका लागि आवश्यक पर्ने ३७ अर्ब रुपैयाँ सहायता गर्ने विषयमा मौखिक आश्वासन पाएको प्राधिकरणका प्रमुख कार्यकारीस् अधिकृत (सीईओ) युवराज भूषालले जानकारी दिए । कुल ३७ अर्ब अपुग हुन्छ’ उनले भने, ‘अपुग रकम अर्थले दिने विषयमा मौखिक आश्वासन दिएको छ ।’

उनले साढे २८ अर्ब एक साताभित्र उपलव्ध गराउने र बाँकी रकम त्यसपछि दिने बताए । भूकम्प अति प्रभावित १४ जिल्ला र प्रभावित १७ जिल्लामा दोस्रो किस्ता रकम वितरण भइरहेको प्राधिकरणले जनाएकोे छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भूसालका अनुसार, अर्थमन्त्रालयको अर्धबार्षिक बजेट समक्षिमा पुननिर्माणमा अपुग रकमको विषयमा खुलाएको बताए । ‘दोस्रो र तेस्रो किस्ता वितरणका लागि थप ३७ अर्ब आवश्यक पर्छ ।’ उनले भने, ‘अर्थ मन्त्रालयले अर्थबार्षिक बजेट समिक्षमा उल्लेख गरी सहयोग गर्ने भएको छ ।’ उनले अपुग रकम अर्थ मन्त्रालयले चार महिनाभित्र उक्त रकम उपलव्ध गराउने बताए ।

प्राधिकरणले दोस्रो किस्ता दोस्रो किस्ताबाट बञ्चित भएका भूकम्प पिडितलाई दोस्रो किस्ता छिटो भन्दा छिटो लिनुपर्ने जनाएको छ । प्राधिकरणले पहिलो किस्ता लिएर घर नबनाउने भूकम्प पिडीतलाई लाभग्राहीसुचीबाट नाम हटाई कानुनी कारबाही गरिने जनाइएको छ ।
अहिले निजी आवास पुनर्निर्माणका लागि झन्डै ५६ हजार कामदार भूकम्प प्रभावित जिल्लामा खटिएका छन् । प्राधिकरणले पुननिर्माणलाई गति दिन ४१ हजार निर्माणकमी थप गर्न लागेको छ ।