वान प्लसकाे सिस्टम अपग्रेड

वान प्लस फाइभ टी, वानप्लस फाइभ, वानप्लस थ्री टी र वानप्लस थ्रीमा यो नयाँ सिस्टम अपग्रेड गर्न सकिने छ ।

वान प्लसले भरखरै एन्ड्रोइड भर्सनको ओरियो सिस्टम अपग्रेड गरेको छ । वान प्लस फाइभ टी, वानप्लस फाइभ, वानप्लस थ्री टी र वानप्लस थ्रीमा यो नयाँ सिस्टम अपग्रेड गर्न सकिने छ । वानप्लस विश्वमै नवीनतम प्रविधिसँग जोडिन हरेक क्षण अपडेट हुँदै आएको छ । कम्पनीले वानप्लस थ्री र थ्री टी २०१६ देखि विश्व बजारमा ल्याएता पनि अहिले आएको नयाँ अपरेटिङ सिस्टमले यसमा सपोर्ट गर्नेछ ।

वानप्लस थ्री टी र वानप्लस फाइभमा फेस अन्लक सुविधा उपलब्ध गराइएको छ । फेस अन्लकमा १०० भन्दा धेरै युनिक फिचरको सहयाताले वानप्लस फाइभ र वानप्लस थ्री टी खोल्न सकिने छ । यसका लागि अगाडिको क्यामेराले काम गर्ने छन् । फिङ्गर प्रिन्टस्को सहायता लिँदा निकै धेरै समय लाग्छ तर यसको प्रयोगबाट ०.०७ सेकेन्डमा मोबाइल अनलक हुनेछ ।

वानप्लस फाइभ टी, वानप्लस फाइभ र वान प्लस थ्री टीमा बजारमा उपलब्ध स्मार्टफोनमध्ये सबैभन्दा छिटो खुल्ने फेसअनलक सिस्टम छ । वानप्लस कस्टमर अपरेटिङ सिस्टम ‘अक्सिजन’को डिजाइन सुविधा र अनुकूलतासहित परिमार्जन गरिएको छ । जसबाट प्रयोगकर्ताले भिन्न अनुभव गर्न सक्ने छन् ।

वान प्लस स्टार्ट अपले स्मर्टफोन उत्पादनको सुरुवात २०१३ देखि सुरु गरेको हो । कम्पनीले दाबी गरेअनुसार सर्वसुलभ मूल्यमा फ्ल्याग्सिप स्मार्टफोन ल्याउने वान प्लस पहिलो कम्पनी हो ।