कम्पनीका भाइस चेयरम्यान विवेक दुगड़का अनुसार नेपालकै सबैभन्दा पुरानो अटोमोबाइल्स बिजनेस हाउसले अलविन निसानका गाडीहरु बिक्री वितरण गर्दै आइरहेको र १९९२ मा महिन्द्रा एण्ड महिन्द्रा लि. भारतले अलविन निसानलाई आफ्नो स्वामित्वमा लिई महिन्द्रा ब्राण्डमा लोडकिङ मिनीट्रकहरु नेपालमा बिक्री वितरण गर्दै आइरहेको बताएका छन् ।
दुगड ब्रदर्श एण्ड सन्स प्रालिले ४६ वर्ष अगाडि १९७२ देखि अटोमोबाईल्स बिजनेस सुरु गरेको बताएको छ । कम्पनीका भाइस चेयरम्यान विवेक दुगड़का अनुसार नेपालकै सबैभन्दा पुरानो अटोमोबाइल्स बिजनेस हाउसले अलविन निसानका गाडीहरु बिक्री वितरण गर्दै आइरहेको र १९९२ मा महिन्द्रा एण्ड महिन्द्रा लि. भारतले अलविन निसानलाई आफ्नो स्वामित्वमा लिई महिन्द्रा ब्राण्डमा लोडकिङ मिनीट्रकहरु नेपालमा बिक्री वितरण गर्दै आइरहेको बताएका छन् । दुगड ब्रदर्श एण्ड सन्स नेपालको पुरानो र प्रतिष्ठित व्यवसायी घराना एमभी दुगड गु्रपको सहकम्पनी हो ।
दुगड़ले भने, ‘विगत २६ वर्षदेखि एमभी दुगड गु्रप र विश्व प्रख्यात बहुराष्ट्रिय कम्पनी महिन्द्रा एण्ड महिन्द्रा लि.बीच सहकार्य हुँदै नेपालमा महिन्द्राका कमर्सियल गाडीहरु लोडकिङ, मिनीट्रक र ट्रिपरहरु विक्री वितरण गरिरहेको र उक्त लोडकिङ सेग्मेन्टअन्र्तगत मिनी ट्रक र मिनी ट्रिपरले व्यवसायीहरुको आवश्यकता पूरा गर्नुका साथै अत्यन्त लोकप्रिय बनेको छ ।ˈ
सन् १९९२ देखि सुरु भएको महिन्द्रा र एम भी दुगड ग्रुपबीचको सुनौलो यात्राका क्रममा विभिन्न चुनौतीहरुको सामना गर्दै महिन्द्राका उत्पादनलाई नेपालको बजारमा स्थापित गर्न दुगड ब्रदर्स एण्ड सन्स प्रालिले ठूलो लगानीमा नेपालका विभिन्न सहरमा २२ ओटा शाखा कार्यालय, १४ ओटा डिलर र १८ ओटा अत्याधुनिक वर्कसप सञ्चालन गरेको छ । यसका अतिरिक्त २५ ओटा सर्भिस सेन्टरमार्फत बिक्रीपछि उच्चस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । एमभी दुगड गु्रपले महिन्द्राको व्यवसाय विस्तार गर्ने क्रममा ३ सय ५० भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरेको समेत बताएको छ ।
नेपालमा २६ वर्ष अगाडि ६०÷६५ युनिटबाट बिक्री सुरु गरेको सङ्ख्या अहिले वार्षिक २ हजार युनिट भन्दामाथी पुगेको छ । यस क्रममा महिन्द्राले हरेक वर्ष आफ्ना उत्पादनको गुणस्तरमा वृद्धि गरी फ्युल स्मार्ट टेक्नोलोजीका अपनाएको छ । साथै बढी माईलेज दिने र मर्मत सम्भारमा कम खर्चिला गाडीहरु उत्पादन गरी बजार विस्तार गर्नमा सहज भएको बताएको छ । दशकौंदेखि ग्राहकहरुको मन जित्न सफल लोडकिङ मिनी ट्रक र मिनी ट्रिपर यसका लोकप्रिय उत्पादन हुन् ।
महिन्द्रा लोडकिङ सेग्मेन्टले काठमाण्डौंको भौतिक संरचना र विकास निर्माणका साथै मुलुकका अन्य सहरहरुको विकास निर्माणका काममा पनि ठूलो टेवा पु¥याएको महसुस गर्दै भविष्यमा थप गुणस्तरीयसेवा दिइरहने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।