बजाजको नयाँ सोरुम कैलालीमा

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले आफ्नो नयाँ सोरुम कैलालाीमा ल्याएको छ ।
पूर्ण सुविधा सहितको नयाँ शोरुम गंगा अटोमोबाइल्स् कैलालीको लम्कीमा सञ्चालनमा ल्याएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ ।

कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी कैलालीको लम्कीमा नयाँ शोरुम सञ्चालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले कैलालीमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौं । भगवानको कृपा र हाम्रा ग्राहकहरुको ख्यातीका साथमा हाम्रो भविश्य उज्वल रहेकोमा म विश्वस्त छु ।’