यस गिरफ्तारीले इन्क्रिप्टेड सञ्चारसँग निरन्तर हुने दुविधालाई छर्लङ्ग पार्छ । हुन त इन्क्रिप्सन प्रविधि गोपनीयता संरक्षण गर्न महत्त्वपूर्ण हुन्छ । तर यस्ता मान्छे पनि छन्, जसले कालोबजार व्यवसायका लागि यस्ता गोप्य संवादलाई उजागर गर्न नसक्ने प्रविधिको फाइदा लिन्छन् ।
कस्टमाइज गरिएका र अतिरिक्त सुरक्षा प्रविधि थपिएका ब्ल्याकबेरी अझै पनि भूमिगत आपराधिक सङ्गठनका लागि मुख्य फोन भएको हालै गरिएको एउटा अध्ययनले देखाएको छ ।
एफबीआईले तथाकथित आपराधिक सङ्गठनको समर्थन गरेकाले प्रसिद्ध फोन मोड फेन्टम सिक्योरका बिक्रेता तथा संस्थापक विन्सेन्ट रामोसलाई पक्राउ गरेको मदरबोर्डले जानकारी दिएको छ । कस्टमाइज गरी अत्युच्चतम सुरक्षा प्रविधियुक्त बनाइएको फोनलाई फेन्टम सिक्योर भनिन्छ । रामोस सिनालोआ ड्रग कार्टरमा पनि संलग्न रहेको आरोप छ । सिनालोआ ड्रग कार्टर १९८० को मध्यतिर स्थापना भएको लागूऔषध ओसारपसार तथा गैरकानुनी सम्पत्ति शुद्धीकरण गर्ने अवैध संस्था हो ।
अत्युत्तम गोपनीय तथा सुरक्षित कुराकानीका लागि कम्पनीले ब्ल्याकबेरी तथा एन्ड्रोइड डिभाइसमा केही प्रविधि थप गर्दै परिवर्तन गर्यो । यसका लागि कम्पनीले क्यामेरा एवम् वेब ब्राउजिङसहित अरु केही सामान्य संरचना हटायो । र, यो केवल आफ्ना ग्राहकको आँखामा छारो हाल्न मात्र गरेको होइन, अनुसन्धानकर्ताहरुका अनुसार कम्पनीलाई यसमा को–को संलग्न थिए भन्ने पूर्ण जानकारी थियो ।
गोप्य स्टिङ अपरेसन चलाउने एक जना एजेन्टले न केवल रामोसलाई यस्तो भन्दै गरेको सुनेका थिए कि उनको फोन किन्नु ‘बिलकुल ठीक’ छ, बरु यी फोनलाई ‘विशेषगरी’ लागूऔषध तस्करीलाई ध्यानमा राखेर परिमार्जन गरिएको थियो भनेको पनि सुनेको रिपोर्टमा भनिएको छ । उसले हङकङ र पनामाले पुलिसलाई सहयोग नगर्ने क्षेत्रका रुपमा समेत औंल्याएको थियो ।
सो समूहले फेन्टम फोन आप्mनो लागूऔषध निर्यात कारोबार गर्न किनेको एक जना दोषी ठहरिएका सिनालोआ ड्रग कार्टेलका सदस्यले बताएका थिए । एफबीआईको अनुमानमा विश्वभरि यस्ता फोन लगभग २० हजार जति छन् । जसमध्ये आधाजसो अस्ट्रेलियामा र बाँकी क्युबा, म्याक्सिको तथा भेनेजुएला जस्ता देशमा बेचिरहेका छन् ।
यसबारेमा न एफबीआई न त रामोसका वकिलले टिप्पणी गरेका छन् ।
यस गिरफ्तारीले इन्क्रिप्टेड सञ्चारसँग निरन्तर हुने दुविधालाई छर्लङ्ग पार्छ । हुन त इन्क्रिप्सन प्रविधि गोपनीयता संरक्षण गर्न महत्त्वपूर्ण हुन्छ । तर यस्ता मान्छे पनि छन्, जसले कालोबजार व्यवसायका लागि यस्ता गोप्य संवादलाई उजागर गर्न नसक्ने प्रविधिको फाइदा लिन्छन् । अरु कुनै सरल उत्तर छैन । यसका अतिरिक्त, इन्क्रिप्सन ब्याकडोर जस्तो कुनै चिज छैन । पुलिसका लागि जुन प्रविधि उपलब्ध छ, त्यो ह्याकरहरुलाई पनि भएको अधिकारीहरुको भनाइ छ । फेन्टम जस्तो सुरक्षा प्रणाली सञ्चालनलाई लामो समयसम्म पूर्ण रुपमा हेलचेक्र्ययाइँ गर्न कठिन हुन सक्छ । किनकि सुरक्षित डाटामा ह्याकरहरुको गम्भीर रुचि हुन्छ । एएफपी