सगुनमा हिन्दुस्तान टाइम्सको ५० लाख डलर लगानी भित्रियो

सोसिएल कमर्श प्लेटफर्म सगुनमा भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सको भगिनी संस्था एच्‌टी ओभरसिज प्रालि (एच्‌टी सिंगापुर) ले ५० लाख डलर लगानी गर्ने भएको छ। हालै सगुन र एच्‌टी ओभरसिज प्रालिबीच लगानी सम्वन्धि सम्झौता भएको हो। एच्‌टी ओभरसिज प्रालि भारतको पुरानो तथा ठूलोमध्येको एक सञ्चार कम्पनी एच्‌टी मिडिया लिमिटेड (एच्‌टी मिडिया)  को पूर्ण स्वामित्वमा रहेको कम्पनी हो।

एच्‌टी सिंगापुरसँगको सम्झौताले सगुनलाई करीब ४६ करोड भारतीय इन्टरनेट प्रयोगकर्तामाझ हिन्दुस्तान टाइम्सका विभिन्न सञ्चार माध्यम मार्फत सहज पहुँच हुनेछ। सगुनको प्रारम्भिक चरणको लक्षित दक्षिण एसियाली बजारको एक हिस्साको रुपमा रहेको भारतीय बजारमा पहुँच कायम राख्न यो सम्झौताले सहयोग पुग्ने विश्वास सगुनको छ। एच्‌टी मिडिया अन्तर्गत अंग्रेजी माध्यमका हिन्दुस्तान टाइम्स तथा मिन्ट र हिन्दीमा हिन्दुस्तान प्रकाशित हुँदै आएका छन् भने अन्य डिजिटल माध्यमहरु तथा एफ्एम् स्टेसन पनि रहेका छन् ।

सगुनले आफ्नो नविन प्रयोग अन्तर्गत सोसल स्मार्ट कार्डको विकासलाई निरन्तरता दिँदै सन् २०१८ को अन्त्यसम्म बजारमा सुरु गर्ने लक्ष्य लिएको छ । यस कार्डको सहयोगले बजारमा सामान किन्दा पैसा कमाउन मद्दत गर्दछ, कुपन देखाएर छुट पाउन सकिन्छ तथा आफ्ना प्रियजनहरुलाई उपहार पनि दिन सकिन्छ । सगुनले यसै बर्ष आइओएस् एप जारी गर्नको लागि समेत काम गरिरहेको छ। ३ सय अर्ब डलरको सोसल कमर्स बजारमा सोसल स्मार्ट कार्ड र आइओएस् एपले आमूल परिवर्तन ल्याउन सक्ने सगुनको विश्वास छ।

सगुनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरीले भने, “हामी एच्‌टी सिंगापुरजस्तो प्रभावशाली साझेदारसँग सम्झौता गर्न पाउँदा एकदमै खुसी छौं । हिन्दुस्तान टाइम्सको प्रभावले हामीलाई संसारको दोस्रो धेरै इन्टरनेट प्रयोगकर्ताहरु रहेको भारतका अझ बढी प्रयोगकर्ताहरुसम्म पुग्नको लागि मद्दत गर्नेछ ।”

गुनले यस वर्षकै जनवरीमा सफलरुपमा एन्ड्रोइड मोबाइल एपको सुरुवात गरेपछिको चरणमा यस सम्झौता भएको छ। दुई महिनामा सगुनको एन्ड्रोइड एप ५ लाख ८० हजारभन्दा बढीपटक डाउनलोड भैसकेको छ। एन्ड्रोइड प्रयोगकर्ता तथा वेबको प्लेटफर्मका प्रयोगकर्ता समेत गरेर सगुनका कुल १६ लाख प्रयोगकर्ताहरु भइसकेका छन्। अहिले उपलब्ध सामाजिक सञ्जालमा भन्दा भन्दा राम्रो अनुभव खोजिरहेका अन्य सामाजिक सञ्जालका २ अर्ब ८० करोड प्रयोगकर्ताहरुमध्येबाट सगुन प्रयोगकर्ताहरुको हिस्सा बढिरहेको छ।

हिन्दुस्तान टाइम्सका लगानी टीमका प्रमुख अतिभ चड्डाले भने, “हाम्रो लगानी सगुनले बनाएको उत्कृष्ट सेवा तथा संसारभरका प्रयोगकर्ताहरुलाई प्रदान गरिरहेको राम्रो सामाजिक सञ्जाल प्रयोगको अनुभवको प्रमाण हो । आम मानिसले सामाजिक सञ्जाल मार्फत् कनेक्ट, शेयर, तथा अर्न गर्ने शैली परिवर्तन गर्न सक्ने क्षमता सगुनमा छ भनी हामी विश्वास गर्छौं र यस यात्राको एक साझेदार हुन पाएकोमा हामी उत्साहित छौं । ”

सगुनले अमेरिकी सामाजिक सञ्जालको जगतमा रहेको एउटा कमजोरीलाई समाधान गरेको छ, त्यो भनेको उनीहरु इकमर्शको लागि बनाइएका होइनन् । बिक्रीकर्ता तथा खरिदकर्ताबीच किनबेच गर्न प्रतिबन्ध लगाइएको छ र प्रयोगकर्ताहरुले आम्दानीको प्रत्यक्ष स्रोत बन्दा पनि कुनै आर्थिक लाभ पाउँदैनन् । यसले गर्दा उपहारको रुपमा दिइने कार्ड, कुपनमा दिइने सुविधा तथा छुटहरुलाई सामाजिक सञ्जालमा उपलब्ध गराउने अवसर गुमिरहेको छ

सगुनले रेगुलेशन ए+ अन्तर्गत ग श्रेणीका सामान्य शेयरहरु २३ अमेरिकी डलरको दरमा कम्तीमा एक हजार लगानी गर्नुपर्ने गरी निश्कासन गरेको थियो । शेयर निष्कासनपछि सगुनले सामाजिक सञ्जालका प्रयोगकर्ताहरुलाई कनेक्ट, शेयर, तथा अर्न गर्ने यसको सपनासँग सहमत ३ हजार भन्दा बढी लगानीकर्ताबाट करीब ३४ लाख डलर लगानी उठाएको छ। कम्पनीले सन् २०१६ को सुरुवाती चरणमा १४ लाख डलर लगानी निजी स्तरमा उठाएको थियो ।