नेपाली बजारमा सुजुकीको सेलेरियो एक्स

सेलेरियो एक्समा डुअल एयर ब्याग र एन्टिलक ब्रेकिङ सिस्टम छ । सिटबेल्टको प्रयोगलाई सुनिश्चित गर्दै यात्रा थप सुरक्षित बनाउन यसमा ड्राइभरको साइडमा सिट बेल्ट रिमाइन्डरको व्यवस्था गरिएको छ ।

नेपालका लागि सुजुकी फोर ह्विलर्सको आधिकारिक वितरक तथा सीजी मोटोकर्पले स्पोर्टी र ट्रेन्डिङ सेलेरियो एक्स नेपाली बजारमा ल्याएको छ । सेलेरियो एक्स स्पोटर््समा एरोडाइनामिक शैली र अग्रभागको वरिपरि एक्स थिममा आधारित ग्राफिक्स, गाडीको दायाँबायाँ भाग, पछाडिको बम्पर र स्किड प्लेटका साथ नेपाली बजारमा आएको हो ।

त्यसैगरी गाडीको दायाँबायाँ भाग, पछाडिको बम्पर तथा स्किड प्लेटमा राखिएको सुरक्षात्मक आवरणले गाडी अत्यन्त प्रभावशाली तथा सुरक्षित भएको सहजै महसुस हुन्छ । ग्रिल, फोग गार्निस, क्लाड, रुफ गार्निस एन्ड इन्टेरियरमा लगाएको अत्यन्त चमकदार कालो आवरणले सुरुवातमै गाडी अत्यन्त स्टाइलिस देखिन्छ । नदेखिने बि–पिलर यसको अर्को ट्रेन्डी विशेषता हो । यो गाडी व्हाइट, ग्रे, ब्राउन र ब्लु रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

मूल्य तथा विशेषता

सेलेरियो एक्समा डुअल एयर ब्याग र एन्टिलक ब्रेकिङ सिस्टम छ । सिटबेल्टको प्रयोगलाई सुनिश्चित गर्दै यात्रा थप सुरक्षित बनाउन यसमा ड्राइभरको साइडमा सिट बेल्ट रिमाइन्डरको व्यवस्था गरिएको छ । अडियो माउन्टेड कन्ट्रोलसहितको म्युजिक सिस्टम, किलेस इन्ट्री, ड्राइभरको सिटको उचाइ घटबढलगायत विभिन्न आरामदायी बन्दोवस्तीले गाडीको यात्रा रमाइलो अनि आरामदायी बनाउँछ । शक्तिशाली के नेक्स्ट इन्जिनयुक्त यो गाडीले अत्यधिक २३.१ किलोमिटरको माइलेज दिने कम्पनीको दाबी छ । यो गाडी मूल्य २६ लाख ९९ हजारदेखि बजारमा उपलब्ध छ ।