ख्याती प्राप्त भल्भो आइसर ब्राण्डले आफ्नो १६ औं शाखा सदरमुकाम दोलखा सदरमुकाम चरिकोटमा स्थापना गरेको छ । दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काभे्रपलाञ्चोक गरी ४ जिल्लालाई कार्यक्षेत्र निर्धारण गरी ट्रक, टिप्पर र बसको विक्री, पार्टस र मर्मत सेवा पु¥याउने उद्देश्यले भल्भो आइसरले आफ्नो १६ औं शाखा स्थापना गरेको हो ।
दोलखा जिल्लामा करिब १ वर्षदेखि गाडीको बिक्री सुरु गरिए पनि बुधबार औपचारिक रुपमा शाखाको उद्घाटन गरिएको सन्तोष ट्रेडर्स प्रालिका प्रवन्ध निर्देशक पृथ्वी श्रेष्ठले जानकारी दिए ।
नेपालका लागि बतास अर्गनाइजेसन अन्र्तगत रहेको ईष्टर्न एजेन्सीज प्रालिले १६ ओटा वर्कसप तथा करिब सय स्पेयरपार्टस रिटेलरहरुमार्फत आफ्नो सेवा प्रदान गरिरहेको बतास अर्गनाइजेसनका प्रवन्ध निर्देशक शान्तराज बतासले जानकारी दिए ।
प्रवन्ध निर्देशक बतासले नेपालमा भोल्भोब्रान्डका १० हजार गाडी गुडिरहेको दावी गर्दै यसका पार्टस पनि सस्तो र निर्माण व्यवसायीहरुको सबैभन्दा बढि रोजाईमा परेको जनाए । २ वे क्षमताको वर्कसपले दैनिक ४ ओटा गाडीहरुलाई मर्मत सेवा दिन सक्ने कम्पनीको दावी रहेको छ । भल्भो आइसरका ट्रक, ट्रिपर र बसबाट कम खर्चमा बढि लाभ लिन सकिने कम्पनीले जनाएको छ ।
२४ सै घण्टा टोल फ्री नम्बरमार्फत गाडी विग्रिएको २४ देखि ४८ घण्टा भित्र आवश्यक कुनै पनि सेवा प्रदान गर्न सक्ने गरी मुख्य राजमार्गहरुमा मोबाइल भ्यानको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।