विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले सरकार नयाँ कानुनको तर्जुमा गरी उपभोक्ता अधिकारलाई थप मजबुत बनाउन तयार रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता अधिकारको संरक्षणमा सरकार पूर्णरुपमा प्रतिबद्ध भएको बताएका छन् ।
विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले सरकार नयाँ कानुनको तर्जुमा गरी उपभोक्ता अधिकारलाई थप मजबुत बनाउन तयार रहेको बताए ।
प्रधानमन्त्री ओलीले उपभोक्तालाई पनि आफ्नो अधिकारको संरक्षण र कर्तव्य पालनामा सक्षम तुल्याउन उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उपभोक्ता अधिकार संरक्षणका लागि सरकारी निकाय, यस क्षेत्रमा क्रियाशील सङ्घसंस्था र सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका अपेक्षित रहेको बताए ।
प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘संविधानमा भएको व्यवस्थाअनुसार सबै उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ’ उनले भने, ‘उपभोक्ताले पनि आफ्नो हक अधिकारप्रति सजक भई कानुनले प्रत्याभूत गरेका अधिकारको प्राप्ति, उपभोग र पालनामा थप जागरुप हुनु जरुरी हुन्छ ।’
सरकारले यस वर्ष उपभोक्ता दिवसको अवसरमा ‘उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता’ नारा तय गरेको छ ।
उपभोक्ता ठग्ने व्यवसायीलाई कडा कारवाहीको माग
यसै क्रममा उपभोक्ता हित संरक्षण मञ्चले वस्तु तथा सेवाको कालोबजारी, एकाधिकार र कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कडा कारवाहीको माग गरेको छ ।
विश्व उपभोक्ता अधिकार दिवसका अवसरसरमा मञ्चद्वारा आज माइतीघर मण्डलामा आयोजित कार्यक्रममा उपभोक्तालाई हानि पु¥याउने वस्तुको आपूर्ति गर्ने व्यापारीलाई दण्डित गर्न आग्रह गरिएको हो । मञ्चका अध्यक्ष ज्योति बानियाले वस्तु तथा सेवा उत्पादक कम्पनीले उपभोक्ताको हितका लागि गुणस्तरीय उत्पादन गर्नुपर्ने कानुनी प्रावधान भए पनि मुलुकमा सरोकार पक्षले बजारमा अनुगमन तथा नियमन कार्य संवेदनशील नहुँदा दण्डहीनता मौलाएको र आमउपभोक्ता ठगिरहेकामा चिन्ता व्यक्त गरे । उनले राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई व्यापारिक स्वच्छता र अनुशान कायम गरी उपभोक्ताको हित संरक्षण गर्नुपर्नेमा जोड दिए ।
मञ्चले यसवर्ष विभिन्न ५१ जिल्लामा १६१ उपभोक्ता अधिकारसँग सम्बन्धित कार्यक्रम गरी वस्तु तथा सेवाबाट ठगिएका १०७ उपभोक्तालाई उपभोक्ता संरक्षण ऐन बमोजिम गठित जिल्ला क्षतिपूर्ति समिति मार्फत कानुनी सहायता उपलब्ध गराएको छ । त्यसैगरी मञ्चको जाहेरीमा ठगी गर्ने ४७ ओटा पेट्रोलपम्प धनी र सञ्चालकलाई छ/छ महिना कैद सजाय हुने गरी फैसला भएको जनाइएको छ ।
सन् १९६२ मा संयुक्त राज्य अमेरिकाका जोन एफ केनडीले उपभोक्ता हितका लागि सूचना, स्वच्छ सुनुवाइ र क्षतिपूर्ति दिन आन्दोलन सुरु गरेपछि अहिले विश्वका विभिन्न मुलुकमा यसले अभियानको रूप लिनुका साथै उपभोक्तासमेत लाभान्वित हुँदै आएका छन् ।
उपभोक्ता अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको आह्वानमा मार्च १५ अर्थात् आजको दिनलाई विश्व उपभोक्ता अधिकार दिवसका रुपमा मनाउने गरिन्छ । रासस