सगरमाथा इन्स्योरेन्स कम्पनीद्वारा एकसाथ ६ ओटा शाखा तथा ३ ओटा उपशाखा गरी नाै ओटा कार्यालय सञ्चालनमा ल्याएको छ ।
कम्पनीका सञ्चालक पद्म ज्योति तथा प्रमूख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बारा जिल्लाको सिमरा स्थित नयां शाखाको संयुक्त रुपमा उद्धटन गरे ।
सञ्चालक पद्म ज्योतिले नेपालका सबै समुदायका जनमानसमा बीमा सेवा पु¥याउने उदेश्यका साथ कम्पनीले कार्य गरी रहेको र आगामी दिनमा यसलाई व्यापक रुपमा प्रभावकारी रूपमा बीमा सेवा बिस्तार गर्न कम्पनी लागी पर्ने बताए ।
सिमरा क्षेत्रका आम जन समुदायका साथै यस क्षेत्रका उद्योगी व्यापारीहरुले स्थानिय रुपमानै बीमा सेवा प्राप्त गर्ने बिश्वास व्यक्त गर्दै आफ’मा निहित रहेको आर्थिक जोखिमलाई बीमा कम्पनीमा हस्तान्तरण गरी ढुक्कसंग आ—आफ्नो कारोवार संचालन अर्न अनुरोध गरे ।
उक्त अवसरमा तराई यातायात व्यावसायी संघका अध्यक्ष ओम कृष्ण कार्कीले कम्पनीको सिमरा शाखाबाट यस क्षेत्रका जनसमुदायलाई स्थानिय स्तरमा नै बीमासेवा उपलब्ध गराउन शाखा स्थापना गराएकोमा कम्पनी प्रति धन्यवाद व्यक्त गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षत्रीले कम्पनीले आजबाट सिमरा लगायत सुनसरीको धरान, पोखराको लेखनाथ, रुपन्देहीको मनिग्राम, सल्यानको श्रीनगर र कञ्चनपुरको महेन्द्रनगरमा नयां शाखा तथा चितवन, पाल्पाको तानसेन र रुकुमको मुसिकोटमा उपशाखा कार्यालयहरु एकसाथ संचालनमा ल्याई निर्जिवन बीमा सेवाको क्षेत्रमा कम्पनीको व्यवसाय बिस्तार गर्न कम्पनी सक्षम भएको जानकारी दिए ।