लजिटेकको नयाँ जी५६० गेमिङ स्पिकर : डेस्कटपमा सम्मोहन

झट्ट हेर्दा यस्तो विचार पारम्परिक परिवेश कै प्रकाश व्यवस्था जस्तो दखिन्छ । तर अन्तर के छ भने लजिटेकको गेमिङ सफ्टवेयर विशेष रूपले विस्तृत लाइट–सो फिँजाउन बनाइएको छ जुन एउटा इनपुट सिस्टमको अडियोमा मात्र निर्भर हुँदैन ।

लजिटेकले मार्च १५ मा आफ्नो आरजीबी उद्यमको एउटा अर्को घोषणा सम्मोहनशील डेस्कटप गेमिङको सेरोफेरोमा गरेको छ । नयाँ जी५६० पीसी गेमिङ स्पिकरहरु कम्पनीका प्रथम लाइटसिन्क प्रविधि हुन् । यो सफ्टवेयरले उपग्रह स्पीकरका आरजीबी प्रकाशसँग मिलेर काम गर्छ, जसले गर्दा तपाइँको सङ्गीत, फिल्म तथा गेमलाई अझ बढी सम्मोहनदायी अनुभूति दिने गरी सिङ्क्रोनाइज गर्न सकिन्छ ।

झट्ट हेर्दा यस्तो विचार पारम्परिक परिवेश कै प्रकाश व्यवस्था जस्तो दखिन्छ । तर अन्तर के छ भने लजिटेकको गेमिङ सफ्टवेयर विशेष रूपले विस्तृत लाइट–सो फिँजाउन बनाइएको छ जुन एउटा इनपुट सिस्टमको अडियोमा मात्र निर्भर हुँदैन । सपोर्ट हुने खेलहरुमा यसको पभिाषा एउटा डेमोमा देखाइएको छ । ब्याटलफिल्ड १ को डेमोमा गेमिङका विस्फोटहरुले जी५६० को लाइटिङ सिस्टममा सुन्तला र रातो रङको फ्ल्यास दिन्छ । ग्र्यान्ड थेफ्ट अटोमा पुलिसको ध्यान तान्नु भनेको आरजीबी लाइट रातो र नीलो रङकाबीच विकल्प दिनु हो ।

एउटा डेमोमा के दखियो भने धेरैजसो स्पिकरहरुको लाइटसिङ्क प्रविधि लजिटेक गेमिङ सफ्टवेयरको माध्यमले चल्दा रहेछन् । आधिकारिक लाइटसिङ्कको समर्थन बिना गेमका लागि लजिटेकले वैकल्पिक समाधान बनाएको छ । गेम खेल्नेहरुले आफ्नो डिस्प्लेबाट कस्टम चतुर्भुज बनाउन सक्छन्, जसले आरजीबी लाइट्सको माध्यमले ती चतुर्भुजका रङलाई खेल्नका लागि तान्न सकिन्छ ।

जो उक्त सफ्टवेयरमा लजिटेकले क्रियट गरेको नयाँ कस्टम क्वाड्रेन्ट बनाएपछि उदाहरणका लागि ’इनसाइड आउट’ फिल्मको ट्रेलर हेर्दा डिस्प्लेमा अलग–अलग दृश्य देखिएपछि जी५६० स्पिकरले म्याच गर्न त्यसको कलर चेन्ज गर्यो । गेमका डेमोमा देखिए जस्तै भव्य अथवा तुरुन्त परिवर्तन हुने खालको कलर त देखिएन तर, क्वाड्रेन्ट कन्फिगरेसनले सक्दो काम गरेको छ ।

ब्रुनो मार्सको २४के म्याजिक एल्बम प्ले गर्दा स्पिकरको अगाडि भएको लाइट एलबमको मिड र हाईमा समयमै प्ले भयो र, जति सक्दो म्युजिकको ध्वनि माथि बढ्दै गयो स्पिकरको पृष्ठभागको लाइट कम्पनसहित पूरा कोठाभरि फिँजियो ।

हाललाई यी स्पिकरहरु पीसी कम्प्युटरमा मात्र चल्छन्, तर निकट भविष्यमा म्याक कम्प्युटरमा पनि सपोर्ट हुने लजिटेकले भनेको छ । लजिटेक स्पिकर १९९.९९ डलरमा लजिटेकजीडटकमबाट किन्न सकिन्छ ।

लजिटेक जी५६० स्पिकरको टेक्निकल स्पेक्स :
टोटल वाट्स (पीक) : २४०
टोटल वाट्स (आरएमएस) : १२०
ब्लुटुथ भर्सन : ४.१
वायरलेस रेन्ज २५ मिटर

फिजिकल स्पेक :
उचाइः ५.८ इन्च
चौडाइः ६.५ इन्च
गहिराइः ४.६ इन्च
तौलः १.७९ केजी

सबवुफर :
उचाइः १५.९ इन्च
चौडाइः १० इन्च
गहिराइः ८.१ इन्च
तौलः ५.४८ केजी

वारेन्टी :
दुई वर्षको लिमिटेड हार्डवेयर वारेन्टी