ग्राहकलाई थप गुणस्तरीय सेवासुविधा दिने उद्देश्यले वर्कसपको निर्माण गरिएको कम्पनीको भनाइ छ ।
महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले हेटौंडामा नमुना वर्कसप सञ्चालनमा ल्याएको छ । वर्कसप साना र ठूला गाडीका लागि उपयुक्त छ ।
दुगड़ ब्रदर्स एन्ड सन्ससँगको २५ वर्षको सहकार्यमा महिन्द्राको वर्कसपको उद्घाटन इन्टरनेसनल अपरेसन साउथ एसिया हिन्द्रा एन्ड महिन्द्रालीका प्रमुख सञ्जय जादव, दुगड ब्रदर्स एन्ड सन्सका प्रबन्ध निर्देशक विवेक दुगड र नेपाल, भुटान महिन्द्रा एन्ड महिन्द्रालीका कन्ट्री हेड चैतन्य कागलकारले संयुक्त रूपमा गरेका थिए ।
ग्राहकलाई थप गुणस्तरीय सेवासुविधा दिने उद्देश्यले वर्कसपको निर्माण गरिएको कम्पनीको भनाइ छ । यो वर्कसप ६ हजार ८ सय वर्गफिट क्षेत्रफलमा फैलिएको छ, जहाँ सातओटा सर्भिस वेसहित ६ सय वर्गफिट क्षेत्रफल पार्किङका लागि, ३ हजार ५० वर्गफिट गाडी वासिङका लागि छुट्ट्याइएको छ । आधुनिक मर्मत कार्यलाई प्राथमिकता दिँदै वर्कसपमा ग्राहकका लागि ठूलो लाउन्ज, ड्राइभर रिटायरिङ लाउन्ज र लकरको पनि व्यवस्था छ ।