सुरु भयो ‘मेड इन नेपाल एक्स्पो’

नेपाली स्रोतसाधनलाई अन्य मुलुकसम्म पु¥याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको मञ्चका अध्यक्ष सुदर्शन बस्नेतले बताए ।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि रारा मेड इन नेपाल एक्स्पो सुरु भएको छ । शीर्षक प्रायोजक रारा चाउचाउ रहेको एक्स्पोको महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले उद्घाटन गरेकी हुन् । उक्त अवसरमा थापाले विदेशी स्रोतसाधन प्रतिस्थापन गर्र्दै नेपालमा आर्थिक समृद्धिका लागि औद्योगिकीकरणतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

आयात प्रतिस्थापन गर्दै नेपालमा उत्पादित वस्तु तथा स्रोतसाधनको निर्यात बढाउनुपर्ने उनको भनाइ छ । नेपाल युवा उद्यमी मञ्चको आयोजना तथा राइजिङ नेपाल प्रालि र माइस इन्टरनेसनल प्रालिको व्यवस्थापनमा सुरु भएको मेलामा जुत्ता, वाइन, फ्रुट्स, चाउचाउलगायत नेपाली उत्पादन प्रदर्शनीमा राखिएको छ ।

नेपाली स्रोतसाधनलाई अन्य मुलुकसम्म पु¥याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको मञ्चका अध्यक्ष सुदर्शन बस्नेतले बताए । उनले पनि नेपालमा उत्पादित वस्तुको निर्यात गरेर आर्थिक समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिए । ‘नेपालमा उत्पादित वस्तुले बजार पाऊन् र तिनीहरुमार्फत व्यवसायीले लाभ लिऊन् भन्ने उद्देश्यले मेला आयोजना गरिएको हो,’ उनले भने ।

नेपालमा उत्पादित सामग्री तथा सेवाको प्रवद्र्धन गनु नै प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ । धेरै प्रकारका नेपाली उत्पादन तथा सेवालाई एउटै छानामुनि ल्याएर अवलोकनकर्तालाई देखाउनु र प्रदर्शकबीच व्यवसाय विस्तारमा सहयोग पु¥याउनु पनि प्रदर्शनीको उद्देश्य हो । प्रदर्शनीमा नेपाली वस्तु उत्पादक तथा सेवाप्रदायक उद्योगको सहभागिता छ ।