महिन्द्रा र दुगडको साझेदारी सयौं वर्ष कायम हुने दाबी

महिन्द्रा दुगड गु्रपको सहकार्यमा नेपालका लागि आगामी दिनमा थुप्रै ठूला योजना रहेकोे र नेपाली बजारमा दुगड ग्रुपसँग साझेदारीमा महिन्द्राले आप्mनो बजार विस्तार बढाइरहेको समेत जादवको भनाइ छ ।

महिन्द्रा एन्ड महिन्द्राका हेड अफ इन्टरनेसनल अपरेसन तथा दक्षिण एसियाका भाइस प्रेसिडेन्ट सञ्जय जादवले २६ वर्ष पुरानो महिन्द्रा एन्ड महिन्द्रा र दुगड ब्रदर्स एन्ड सन्सको साझेदारी बलियो बन्दै गएको बताएका छन् । यो सम्बन्ध आगामी दिनमा अझ प्रगाढ र मजबुत बन्दै जाने उनको विश्वास छ । शुक्रबार काठमाडांंै नक्सालमा आयोजित पत्रकार भेटधाट तथा अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

महिन्द्रा दुगड गु्रपको सहकार्यमा नेपालका लागि आगामी दिनमा थुप्रै ठूला योजना रहेकोे र नेपाली बजारमा दुगड ग्रुपसँग साझेदारीमा महिन्द्राले आफ्नो बजार विस्तार बढाइरहेको समेत जादवको भनाइ छ ।

कार्यक्रममा एमभी दुगड ग्रपका अध्यक्ष मोतीलाल दुगडले महिन्द्रासँगको २६ वर्षको लामो साझेदारी फलदायी तथा उपलब्धिमूलक रहेको बताए । महिन्द्रासँगको साझेदारीमा ग्रुपको दोस्रो पुस्तासमेत संलग्न भएर काम गरिरहेको र तेस्रो पुस्ता पनि यही व्यापार व्यवसायलाई अझ बढी विस्तार गर्न इच्छुक रहेको उनको भनाइ छ । ‘आगामी सयौं वर्षसम्म पनि अटोमोबाइल्स व्यापारलाई नै मुख्य व्यापारका रुपमा अगाडि बढाउन एमभी दुगड ग्रुप लागिपरेको छ,’ उनले भने ।