माइक्रोम्याक्सका एक्स ४०९ बार र क्यु ३५३ बजेट स्मार्टफोन

माइक्रोम्याक्सको यो एक्स ४०९ मोडलमा १.८ इन्चको स्क्रीन छ । यस फोनमा २ ओटा सिम प्रयोग गर्न सकिन्छ ।

भारतीय ब्राण्ड माइक्रोम्याक्सले एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।

माइक्रोम्याक्सको यो एक्स ४०९ मोडलमा १.८ इन्चको स्क्रीन छ । यस फोनमा २ ओटा सिम प्रयोग गर्न सकिन्छ । फोनमा ८०० एमएचको ब्याट्री प्रयोग गरिएको छ । फोनको फ्रन्ट र रियरमा क्यामेरा छ । यसका अतिरिक्त एफएम रेडियो, भ्वाइसकल रेकर्डिङ, म्युजिक र भिडियो प्लेयर जडान छन् । यस फोनको बजार मूल्य १०२५ रुपैयाँ छ । कम्पनीले यो फोनमा १०० दिनसम्म फिर्तागर्न सक्ने ‘रिप्लेसमेन्ट वारेन्टी’ जारी गरेको छ ।

कम्पनीको अर्को बजेट स्मार्ट फोन क्यु ३५३ हो । यसमा १.३ गिगाहर्ज क्वाडकोर–१जीबी र्याम छ । ५ इन्चको एचडी डिस्प्ले जडान भएको यस फोनमा ७२०ह१२८० पिक्सल रिजोलुसन छ । यस फोनमा २००० एमएचको ब्याट्री छ । जसको प्रयोगले भिडियो हेर्न र गेम खेल्न सहज हुन्छ । यसमा रियर र फ्रन्ट दुवै क्यामेरा ५ मेगा पिक्सलका छन् । यो फोन ७.० नुगट अपरेटिङ सिस्टममा चल्छ ।

यसमा प्रसस्त स्टोरेज क्षमता छ । १ जिबी ¥याम र ८ जिबी रोम रहेको यस फोनमा ३२ जिबीसम्मको मेमोरीकार्ड प्रयोग गर्न सकिन्छ । थ्रिजी नेटवर्क सपोर्ट गर्ने फोनमा २ ओटा सिमकार्ड प्रयोग गर्न सकिन्छ ।

माइक्रोम्याक्सको उत्कृष्ट प्रिमियम स्मार्टफोनमध्येको एक, बहुप्रतिक्षित स्मार्टफोन क्यु३ एन्ड्रोयड बजेट स्मार्टफोनको प्रिमियम मूल्य ६,८२०/– रुपैयाँ मात्र तिरेर आफ्नो बनाउन सकिन्छ । यो बजेट स्मार्टफोन बजारमा आएका अन्य बजेट स्मार्टफोनहरुभन्दा उत्कृष्ट फोनमा पर्छ ।