नेपाली बजारमा अप्रिला १२५ एसआर

अप्रिला एसआर १२५ सिल्भर र नीलो रङमा उपलब्ध छ । ९.४६ बीएचपी क्षमता भएको उक्त स्कुटर प्रतिघण्टा १ सय १० किलोमिटर गतिमा चल्ने कम्पनीले जानकारी दिएको छ ।

अप्रिला स्कुटरको नेपालका लागि आधिकारिक वितरक डिलाइफ कम्पनीले नेपाली बजारमा अप्रिला एसआर१२५ मोडल सार्वजनिक गरेको छ । नयाँ लुक्स तथा उच्च फिचरका साथ अप्रिला एसआर नेपाली बजारमा आएको कम्पनीको भनाइ छ । करिब ५ माहिनाअघि कम्पनीले अप्रिला १५० सीसी मोडल नेपाली बजारमा ल्याएको थियो ।

यस्तो छ डिजाइन
अप्रिला नेपालमा सबैभन्दा रुचाइएको स्कुटरमध्ये पर्छ । स्कुटरमा उज्यालो र उच्च गुणस्तरको हेडलाइट राखिएको छ । यो लाम्चो आकारको भएकाले चालकलाई स्कुटर चलाउन थप सहज हुने कम्पनीको दाबी छ ।

अप्रिला एसआर १२५ सिल्भर र नीलो रङमा उपलब्ध छ । ९.४६ बीएचपी क्षमता भएको उक्त स्कुटर प्रतिघण्टा १ सय १० किलोमिटर गतिमा चल्ने कम्पनीले जानकारी दिएको छ ।

यो स्कुटरको सात लिटरसम्म पेट्रोेल भण्डारण गर्ने क्षमता छ । यसले गर्दा लामो तथा छोटो दूरीको यात्राका लागि कुनै समस्या पर्नेछैन । अप्रिलाले प्रतिलिटर ४० देखि ४५ किलोमिटरको माइलेज दिने कम्पनीको दाबी छ । १ सय २२ केजी तौल रहेको स्कुटरको मूल्य २ लाख ३५ हजार ९ सय रुपैयाँ छ ।