बिहीबारदेखि चेम्वर एक्स्पो

विहीबारदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो २०७४ सुरु हुने भएको छ । नेपाल चेम्वर अफ कमर्सले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी एक्स्पो हुने जनाएको हो । एक्स्पोको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन ।

पत्रकार सम्मेलनमा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले तेस्रो संस्करणको रुपमा मेला हुन लागेको जानकारी दिए । यस पटक प्रस्तुत मेलामा दक्षिण कोरियाले पार्टनर मुललुकको हैसियतमा सहभागिता जनाउने र थाइल्याण्ड फोकस मुलकुको रुपमा सहभागी रहने सम्मेलनमा उनले बताए ।

एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र बङ्गलादेश गरी ८ ओटा मुलुकहरुको सहभागिता रहने जनाइएको छ । मेलामा कुल दुई सय २५ ओटा स्टलहरु रहने जनाइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल चेम्बर एक्स्पो २०१७ का संयोजक राष्ट्र भूषण चाकुबजीले मेलामा कोरियाको २३ र थाइल्याण्डका १५ वटा स्टलहरु रहने जानकारी दिए ।  पाँंच दिनसम्म चल्ने मेलामा करीब तीन लाख भन्दा वढी अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । मेला मङ्सिर १८ गतेसम्म चल्नेछ ।