नयाँ सहमतिअनुसार पुरस्कार विजेता एयरलाइन्स जुन २०२३ सम्म एफसी बायर्न म्युनचेन प्लैटिनम पार्टनर बन्नेछ ।
कतार एयरवेजले जर्मन फुटबल टिम एफसी बायर्न म्युनचेन एजीसँग पाँच वर्षका लागि साझेदार हुने सहमतिमा हस्ताक्षर गरेको छ । उक्त सहमतिमा खेलकुदमा विश्वमै नेतृत्वदायी भूमिकामा कतारको स्थान अझ बलियो हुनेछ । नयाँ सहमतिअनुसार पुरस्कार विजेता एयरलाइन्स जुन २०२३ सम्म एफसी बायर्न म्युनचेन प्लैटिनम पार्टनर बन्नेछ ।
एक जुलाई २०१८ देखि सुरु हुने पाँचओटा सिजनल खेलमा जर्मन लिग लिडरहरुले एयरलाइनका लोगो अङ्कित सर्ट लगाउने जर्मनीको आईटीबीमा भएको एक आधिकारिक प्रेस सम्मेलनमा बताइएको छ ।
कतार एयरवेज समूहका मुख्य कार्यकारी अकबर अल बेकरले भने, ‘जर्मनीको सबैभन्दा बढी विजयी हुने टिम एफसी बायर्न म्युनचेनलाई समर्थन गर्न पाउँदा कतार एयरवेज ज्यादै खुसी छ, र हामी यस रोमाञ्चक नयाँ साझेदारीको माध्यमले, क्लब, प्रशंसक तथा जर्मनीका नागरिकसँग मिलेर काम गर्न तत्पर छौं । कतारको दीर्घकालीन दृष्टिकोणको एउटा प्रमुख स्तम्भ हो खेल, तथा कतारको राष्ट्रिय वायुयानका रूपमा हामी जनसमुदायलाई खेलको माध्यमले एकजुट बनाउने साधनका रुपमा उपयोग गरिने यस अवसरलाई स्वागत गर्दछौं ।’
‘एफसी बायर्न म्युनचेन यस्तो क्लब हो जसले उदाहरणीय महत्त्वाकाङ्क्षा, इनोभेसन तथा अखण्डतालाई आफ्नो मूल जग भएको देखाउँछ । कतार एयरवेजका यी मौलिक मूल्य हामी साझा तथा यसको प्रशंसा गर्छौं’, बेकरले भने ।
कतार एयरवेजले लगभग २० वर्षदेखि जर्मन नागरिकहरुको सेवा गरिरहेको छ । विमानले अहिले दोहा तथा जर्मनीबीच साताको ३५ उडान गर्छ । म्युनिख र फ्र्याङ्कफर्टका दैनिक सिधा उडानलाई दोब्बर बनाउने तथा बर्लिनका लागि दैनिक सिधा उडान गर्ने जसले मध्य पूर्व, अफ्रिका तथा एसिया प्रशान्त क्षेत्रका एक सय ५० भन्दा बढी गन्तव्यहरुलाई जोड्छ ।
हिजो विश्वको अग्रणी पर्यटन प्रदर्शनी आईटीबीमा भएको एउटा प्रेस सम्मेलनमा कतार एयरवेजले मई २०१८ देखि फ्र्याङ्कफर्टको उडानमा बिजनेस क्लासमा नयाँ क्युसिट सेवा ल्याउने घोषणा गर्यो । यो क्युसिट सेवा यस वर्षको गर्मीको अन्त्यसम्म बर्लिन र म्युनिखका उडानमा पनि सञ्चालन गरिने बताएको छ ।
कतार एयरवेज फिफाको आधिकारिक एयरलाइन पार्टनर हो, जसले रूसमा हुने २०१८ को फिफा विश्व कप, कतारमा हुने २०२२ को फिफा विश्व कप तथा फिफा क्लब विश्व कपसहित विश्वका मुख्यमुख्य खेल आयोजनाहरुको प्रायोजन एवम् सहयोग गर्छ । एयरलाइनले आफ्नो ब्रान्ड सन्देश – गोइङ प्लेसेस टुगेदर राखेको छ ।