कारवाहीबाट जोगिन बायोमेट्रिक सञ्चालक श्रममन्त्रीलाई प्रभावमा पार्दैं, मन्त्रीले भने– म प्रभावमा पर्दिन

बैदेशिक रोजगारमा मलेसिया जाने कामदारलाई चर्काे आर्थिक भार पार्न बायोमेट्रिक सञ्चालकलाई कारवाहीको माग भैरहँदा त्यसका सञ्चालकहरु श्रम तथा रोजागार मन्त्री गोकर्ण विष्टलाई प्रभावमा पार्न थालेका छन् ।

जनभावना अनुरुप काम गर्न शैलीका कारण विगतमा पनि रुचाइएका मन्त्री विष्टलाई बधाई दिन बायोमेट्रिकका सञ्चालक कैलाश खड्कासहितको टोली मन्त्रालय पुगेर मन्त्री विष्टलाई भेट गरेका थिए । मन्त्रीलाई भेटेर प्रभाव पार्न खोजेको भन्दै बैदेशिक रोजगार तथा स्वास्थ्य व्यवसायीहरुले बायोमेट्रिक सञ्चालक खड्काको आलोचना गर्दै मन्त्री विष्टले कारवाही गर्नुपर्ने बताएका छन् ।

सोमबार बायोमेट्रिक सञ्चालकले भेटेको भोली पल्ट मंगलबार मन्त्री विष्टले पत्रकारहरुसँग कुराकानी गर्दै बैदेशिक रोजगारीमा देखिएको सिन्डीकेट हटाउने बताए । ‘स्वास्थ्य संस्थाको सिन्डीकेटदेखि लिएर सबै खाले सिन्डीकेट हट्छ,’ उनले भने । म कसैको प्रभावमा पर्दिन कानुनअनुसार काम गर्ने हो, कामदारलाई ठग्ने कारवाहीको भागिदार हुने उनले बताए ।