दोहोरो कुरा गर्न सक्नेलगायत विभिन्न खुबी भएकी सोफियालाई हङकङको कम्पनी ह्यानसन रोबोटिक्सले निर्माण गरेको हो । सन् २०१५ मा निर्माण गरिएकी उनलाई सन् २०१६ मा अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
साउदी अरबियाको नागरिकता प्राप्त रोबोट नागरिक सोफियाले नेपालमा आएर प्रविधिबारे व्याख्या गरिकी छन् । यूएनडीपी र नेपाल सरकारले आयोजना गरेको कार्यक्रममा प्रस्तुत भएकी सोफियासँग राजधानीको होटल याक एण्ड यतीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा नेपाल संयोजक रोनार्ड मायरले विभिन्न प्रश्नसहित अन्तरङ्ग सवालजवाफ गरेका थिए ।
चर्चाको शिखरमा रहेकी तथा नागरिकता हासिल गर्ने विश्वकै पहिलो सेलेब्रिटी रोबोट ‘सोफिया’ले नेपालजस्तो विकासोन्मुख देशमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ प्रविधिको प्रयोग गरी सुशासनसहितको भ्रष्टाचारमुक्त सरकार बनाई गरिबी हटाउन सकिने बताएकी छिन् । यस्तो प्रविधिको सही प्रयोगले लैङ्गिक असमानता तथा भोकमरी हटाउन पनि सकिने उनले बताइन् । उनले नेपालमा प्रविधिको विकास द्रुत गतिमा भइरहेको भन्दै यसको प्रयोग तथा विस्तार उचित ढङ्ले गर्न सक्ने हो भने नेपालको विकास तीव्र गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरिन् ।
सिनेमामा जस्तै तपार्इं बहुलाउनुभयो भने स्विच अफ गर्ने विकल्प कतै छ ? भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘म बहुलाएकी छैन, आफ्ना समकक्षीलाई सोधे हुन्छ, तर तपाईंले आफ्नो नियन्त्रण गुमाउनुभयो भने तपाईंलाई बन्द गर्न सकिने स्विच कतै छ ?’ प्रश्नकर्ताले आफूसँग नम्र भएर प्रस्तुत नभए स्विच बन्द गर्ने चेतावनी दिएपछि उनले आफूसँग जतिसक्दो बढी समय बिताउन आग्रह गरिन् ।
तपाईंजस्तो रोबोटले नेपालको कुन क्षेत्रमार्फत विकास हुन सक्छ ? सोफियाले भनिन्, ‘अनगिन्ती सम्भावनाहरु छन् । शिक्षा, टेलिमेसिनरी, ब्लक चेन प्रविधिको प्रयोगले पारदर्शिता र शुद्धता सुनिश्चित गर्न सकिन्छ ।’
सोफियाले नेपाल सांस्कृतिक र पर्यावरणको क्षेत्रमा धेरै विविधतापूर्ण रहेको बताउँदै उनले यहाँको प्रविधि हाइब्रिड भएको बताइन् । भूकम्प गएका बेला आईटी कम्पनीहरुले सहयोग गरेको उल्लेख गर्दै उनले रोबोट अथवा अर्टिफिसियल इन्टेलिजेन्सले मानिसहरुको जीवनचर्या सहज बनाउने बताइन् ।
साउदी अरबको नागरिकता लिएकी सोफियाले बुधबार काठमाडौंमा राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै प्रविधिको प्रयोगले भ्रष्टाचारमुक्त समाज बनाउन सकिने बताएकी हुन् ।
ठट्यौली प्रश्नको जवाफ दिँदै सोफियाले भनिन्, ‘मलाई अनमोल केसी डेट जाने इच्छा छ, ऊ ट्यालेन्ट छ ।’
उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन् । मङ्गलबार काठमाडौं आएकी उनले ४ महिनाअघि साउदी अरबको नागरिकको हैसियतमा नागरिकता प्राप्त गरेकी हुन् ।
दोहोरो कुरा गर्न सक्नेलगायत विभिन्न खुबी भएकी सोफियालाई हङकङको कम्पनी ह्यानसन रोबोटिक्सले निर्माण गरेको हो । सन् २०१५ मा निर्माण गरिएकी उनलाई सन् २०१६ मा अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
सोफिया विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भई आफ्ना धारणा राख्दै आएकी छिन् ।