चैत ९ देखि तेस्रो खाद्य मेला

परम्परागत एवं पोषिला खाद्य पदार्थको प्रवद्र्धन गरी खानपानमा सुधार गर्न चैत ९ गतेदेखि तेस्रो खाद्य मेला हुने भएको छ ।
कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा चैत ९, १० र ११ गते भृकुटीमण्डपमा मेला हुने भएको हो ।

खासगरी मेलामा विभिन्न जाति, जनजातिका परम्परागत परिकार सहित १४ स्टल, विभिन्न सङ्घसंस्थाका जानकारीमूलक २४ स्टल र विभिन्न उद्योगबाट उत्पादित खाद्य वस्तु बिक्री वितरण गर्ने गरी ४० स्टलसहित जम्म ७८ स्टल रहने बुधबार आयोजित पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

मेलाको मुख्य उद्देश्य खाने बानीमा सुधारका लागि खाद्य स्वच्छता र पोषणसम्वन्धि जनचेतनामूलक कार्यक्रम, जाति जनजातिका लोकप्रिय पौष्टिक परिकारको प्रदर्शनी एवं बिक्री गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए ।

मेलामा सहभागीमध्ये खाद्य, उद्योग, खाद्य सम्वन्धि प्रदर्शनी तथा खाद्य परिकार समूह गरी तीन विधामा प्रथम, द्धितिय, तृत्तिय तथा सान्त्वना स्थान हासिल गर्नेलाई नगद तथा प्रमाण पत्र प्रदान गरिने छ । मेला अवलोकन गर्नेलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । स्थानीय खाद्य पदार्थ र परम्परागत र जातजातिका खाद्य परिकारलाई प्रचारप्रसार र प्रवद्र्धन गर्न हरेक बर्ष मेला आयोजना हुने मेला आयोजना संस्थाकी डाक्टर हुमाकुमारी बखिमले जानकारी दिइन् ।