एयरलाइनका उडानहरुमा यात्रा गर्ने बालबालिकाहरुका लागि यस योजनाले अझ रमाइलो बनाउने कम्पनीले जनाएको छ ।
कतार एयरवेजले आफ्नो एयरलाइनमा यात्रा गर्ने ससाना नानीहरुका लागि ‘ओरिक्स किड्स क्लब’ योजना ल्याएको छ । एयरलाइनका उडानहरुमा यात्रा गर्ने बालबालिकाहरुका लागि यस योजनाले अझ रमाइलो बनाउने कम्पनीले जनाएको छ ।
किड्जमोन्डो दोहामा पूरै रोमाञ्चले भरिपूर्ण कार्यक्रमको कतार एयरवेजका प्रमुख कमर्सिएल अफिसर एहब अमिन तथा कतार एयरवेजको मार्केटिङ तथा कर्पोरेट कम्युनिकेसन्सका वरिष्ठ उपाध्यक्ष सुश्री सलम अल शावाले उद्घाटन गरेका थिए । सो अवसरमा ओरिक्स किड्स क्लबका हिरो मस्कटहरु– द ओरिक्स ‘ओरी’ तथा ‘ओराह’ एवम् तिनका तीनजना साथीहरु उँटाकृति ‘कमिल’, बाजको आकृति ‘फाइज’ तथा मरुभूमिको फ्याउरो आकृति ‘फराह’को विशेष उपस्थिति थियो ।
यो कार्यक्रमअन्तर्गत कतार एयरवेजमा यात्रा गर्ने ससाना बालबालिकाहरुले आकर्षक लाभको आनन्द लिने अवसर पाउने छन् । चित्ताकर्षक नयाँ नयाँ खेलौना, नवीनतम अतिरिक्त क्रियाकलाप, विशेष प्रकारले तयार पारिएका खानेकुरा यसका अरु विशेषता हुन् । कतार एयरवेजले हवाई यात्राका बालबालिकाहरुका लागि स्वादिष्ट, पौष्टिक तथा विविध खानेकुराको नौलो प्याकेज पनि दिने भएको छ ।
यस कार्यक्रममा दर्ता भएका बच्चाहरुले अक्सी किड्स क्लबका पाँचओटा मस्कट खेलौना तथा यात्रामा जहाजभित्र विभिन्न खेल खेल्न पाउने छन् । यो योजना दुईदेखि ११ वर्ष उमेरका बालबालिकाहरुका लागि लागू हुने कतार एयरवेजले जानकारी दिएको छ । हवाई यात्रामा केटाकेटीले डिज्नी, निक्लोडियन, कार्टुन नेटवर्क, बराएम र वीम जस्ता च्यानलहरु हेर्न पाउने छन् ।
पुरस्कार विजेता एयरलाइनले विभिन्न मितिमा ‘एयरलाइन अफ द इयर’, ‘स्काइट्र्याक्स अवार्ड’, बेस्ट ‘एयरलाइन इन द मिडलइस्ट’, ‘बेस्ट बिजनेस क्लास’ तथा ‘बेस्ट फस्र्ट क्लास एयरलाइन लन्ज’ उपाधि हात पारेको छ ।