काठमाडौंका पाँच ठाउँमा मेट्रोरेलको सम्भाव्यता अध्ययन, ३ ठाउँमा तत्काल निर्माण

सरकारले आर्थिक बर्ष २०७४÷०७५ भित्र काठमाडाैं उपत्यकामा १९ किमी मेट्रो रेल लाइन निर्माणका लागि विस्तृत अायाेजना प्रतिवेदन(डीपीआर) तयार गर्ने लक्ष्य लिएको छ । हालसम्म ९ किलोमिटर ट्रयाक बेल्ट निर्माण भइरहेको र ३ सय ७२ किमीको मेट्रो रेल लाइन निर्माणको लागि डीपीआर तयार भएको जनाइएको छ ।

काठमाडौं उपत्यकाभित्र पाँच ठाउँमा मेट्रोरेल आवश्यक रहेको छ । रेल विभागले गरेको सम्भाव्यता अध्ययनमा काठमाडौं उपत्यका पाँच ओटा आवश्यक रहको र तत्काल ३ ओटा मेट्रोरेल निर्माण गरी सञ्चालन गर्नुपर्ने आवश्यक देखिएको हो ।

अध्ययनमा बुढानिलकण्ठ—रत्नपार्क—सातदोबाटोे—गोदाबरी पहिलो लाइन, थानकोट—कलङ्की—नयाबानेश्वर—कोटेश्वर—जगाती खण्ड दोस्रो लाइन, रिङरोड खण्ड तेस्रो लाइन, स्वयम्भू—डिल्लीबजार बौद्ध चौथो लाइन र धोबिघाट—सिंहदरबार—नक्साल—गोंगबु पाँचौ मेट्रोरेल लाइन खण्ड रुपमा आवश्यक देखिएको हो । ५ ओटै मेट्रोरेल लाइनको कुल ७७ दशमलव २८ किलोमिटर अनुमाति लम्वाई रहेको विभागले जनाएको छ ।

पहिलो लाइन खण्ड बुढानिलकण्ठ—गोदाबरी १२ दशमलव १ किमी, दोस्रो खण्ड थानकोट—जगाती ११ दशमलव १५ किमी, तेस्रो खण्ड रिङरोड २८ दशमलव ५३, चौथो खण्ड स्वयम्भू—बौद्ध ११ दशमलव ७ किमी, पाँचौ खण्ड धेबिघाट—गोगंवुमा १३ दशमलव ८ किमी लम्वाई अनुमान गरिएको छ । सम्भाव्यता अध्ययन प्रतिवेदनका अनुसार काठमाडौं उपत्यकामा मेट्रोरेल लाइन निर्माणका लागि ५ हजार ४ सय ७१ दशमलव ७१ (लाख रुपैयाँ) अनुमाति लागत लाग्ने छ ।

जसमध्ये पहिलो लाइन खण्ड बुढानिलकण्ठ—गोदाबरी निर्माणका लागि ७ सय ८३ दशमल ६२ लाख, दोस्रो खण्डका लागि थानकोट—जगाती ६ सय ८० दशमलव ६० लाख, तेस्रो खण्डका लागि रिङरोड एक हजार ५ सय १० दशमलव शुन्य ३, चौथो खण्डका लागि स्वयम्भू—बौद्ध एक हजार १ सय ८७ दशमलव ९४ लाख र पाँचौ खण्डका लागि एक हजार ३ सय ९ दशमलव ५३ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

आवश्यक देखिएका ५ ओटा मेट्रो लाइन मध्ये बुढानिलकण्ठ—सातदोबाटो—गोदाबरी, थानकोट—कलंकी—नयाँबानेश्वर—कोटेश्वर—जगाती र रिङरोड तत्काल निर्माण गरी सञ्चालन गर्नुपर्ने आवश्यक देखिएको रेल विभागका सुचना अधिकारी तथा बरिष्ठ इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए । ‘काठमाडांै उपत्यकामा मेट्रो रेल लाइन महत्वपूर्ण लाइफ लाइन हो’ उनले भने, ‘काठमाडांै चक्रपथ मार्ग भित्र पर्ने ३ ओटा रेल लाइन खण्ड तत्काल निर्माण गरी सञ्चालन गर्नुपर्ने आवश्यक छ ।’

सरकारले आर्थिक बर्ष २०७४÷०७५ भित्र काठमाडाैं उपत्यकामा १९ किमी मेट्रो रेल लाइन निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) तयार गर्ने लक्ष्य लिएको छ । हालसम्म ९ किलोमिटर ट्रयाक बेल्ट निर्माण भइरहेको र ३ सय ७२ किमीको मेट्रो रेल लाइन निर्माणको लागि डीपीआर तयार भएको जनाइएको छ ।

लगानी बोर्ड अगाडी बढाएको आयोजना निर्माण गर्न ठूलो पूँजी आवश्यक पर्छ । सरकार एक्लैले उक्त पूँजी व्यवस्थापन गर्न क्षमता छैन । त्यस्का लागि बोर्डले बैदेशिक सहायता तथा लगानीको बाटो खोजिरहेको छ । अहिले सातवटै प्रदेशमा विभिन्न ८ ओटा महत्वपूर्ण आयोजनाका विषयमा लगानी बोर्डले छलफल चलाएको छ । जसमध्ये काठमाडांै उपत्यका मेट्रो रेल लाइन विस्तारलाई पनि आफ्नो योजनामा समावेश गरेको छ । सातै प्रदेशका मुख्यमन्त्री, जनप्रतिनिधीहरु तथा लगानी बोर्डका प्रतिनिधिबीच कसरी आयोजना निर्माणका लागि बैदेशिक लगानी भित्र्याउने भन्ने विषयमा बहस चलाइएको छ ।

बढ्दो ट्राफिक जाम, प्रदुषणलाई कम गरी सुन्दर र आधुनिक सहर निर्माणका लागि काठमाडौं उपत्यकामा मेट्रो रेल महत्वपूर्ण हुने विज्ञहरु बताउँछन । रेल विभागले औद्योगिक तथा व्यापारीक सहरहरु एवं चीन—तिब्बतबाट राजधानी काठमाडौं उपत्यका क्षेत्रलाई रेल सेवा जोड्ने गरी २० बर्षे दीर्घकालीन योजना बनाएको छ । आगामी २० बर्षमा मुलुकमा ४ हजार किमी रेल सञ्जाल निर्माण गर्ने विभागले लक्ष्य लिएको छ ।