हानपास र इजीलिङ्क रेमिट्यान्सबीच सम्झौता

इजीलिङ्क रेमिट्यान्स कम्पनीले आफ्नो सेवा कोरियाबाट पनि सुरु गरेको छ । बैधानिक रुपमा नेपाल पैसा पठाउन कोरिया सरकारबाट मान्यता प्राप्त रेमिट्यान्स कम्पनी हानपास रेमिट्यान्स र इजीलिङ्क रेमिट्यान्सबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा इजीलिङ्क रेमिट्यान्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपी अर्याल, प्रबन्ध निर्देशक दिपेन्द्र खनाल र हानपास रेमिट्यान्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत क्युङ हुन कि, प्रबन्ध निर्देशक हयुन किम (एलेक्स) ले हस्ताक्षर गरे ।

यो सम्झौतापछि अब कोरियामा भएका नेपालीहरुले हानपास रेमिट्यान्स मार्फत सहज रुपमा हानपास एप्स डाउनलोड गरि सजिलै नेपाल पैसा पठाउन सक्नेछन भने नेपालभरि रहेका इजीलिङ्क रेमिट्यान्सको ४ हजार ५ सय भन्दा धेरै सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट आफुलाई पायक पर्ने स्थानबाट सजिलै भुक्तानी लिन सकिने छ।

पैसा पठाउने ब्यक्तिको नेपालभरि रहेको जुनसुकै बैंकको आफ्नै खातामा अथवा आफ्नो परिवारको खातामा पैसा जम्मा गरिदिने सेवा पनि इजीलिङ्क रेमिट्यान्सले दिनेछ । नेपाल पैसा पठाउन कतै अफिस धाउनु नपर्ने, राम्रो रेट प्राप्त हुने, सस्तो, सजिलो अनि भरपर्दो सेवाका कारण हानपास÷इजीलिङ्क रेमिट्यान्स कोरियामा नेपालीहरु माझ चर्चित रहेको कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले जानकारी गराए ।