टान पश्चिमाञ्चलको रजत वर्षमा तालिम

पोखराको लेकसाइडस्थित होटल रानीवन अर्किटमा दुई दिनसम्म चल्ने उक्त तालिममा टानमा आबद्ध ६५ जना व्यवसायी सहभागी भएको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।

नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ स्थापनाको रजत वर्षका अवसरमा टान सम्बद्ध व्यवसायीलाई लक्ष्य गरी आयोजित व्यवसाय व्यवस्थापन तालिम आजदेखि पोखरामा सुरु भएको छ ।

पोखराको लेकसाइडस्थित होटल रानीवन अर्किटमा दुई दिनसम्म चल्ने उक्त तालिममा टानमा आबद्ध ६५ जना व्यवसायी सहभागी भएको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार पर्यटनलगायत विभिन्न क्षेत्रमा तीन हजारभन्दा बढी विषयविज्ञ रहेको विदेशी संस्था पुम नेदरल्याण्डका प्रशिक्षकले व्यवसायीलाई तालिम दिनेछन् ।

व्यवसायलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन तालिम अत्यन्त उपयोगी हुने विश्वास लिइएको अध्यक्ष अधिकारीले बताए ।