कतार र आईबेरिया एयरवेजको कोडसेयर साझेदारी

आईबेरियाका यात्रुहरुका लागि ल्याइएकाे याे कायर्क्रम मध्यपूर्व तथा एसियाका गन्तव्यहरुमा कनेक्टिभिटी बढाउनुका साथै ल्याटिन अमेरिकाका प्रमुख गन्तव्यस्थलहरु ब्राजिल, कोलम्बिया, उरुग्वे र पनामा जाने कतार एयरवेजका यात्रीहरुका लागि पनि आफ्नो कोडसेयर साझेदारीमा लागू हुने घोषणा गरेको छ ।

कतार र आईबेरिया एयरवेजले कोडसेयर साझेदारीकाे घाेषाणा गरेका छन् ।

आईबेरियाका यात्रुहरुका लागि ल्याइएकाे याे कायर्क्रम मध्यपूर्व तथा एसियाका गन्तव्यहरुमा कनेक्टिभिटी बढाउनुका साथै ल्याटिन अमेरिकाका प्रमुख गन्तव्यस्थलहरु ब्राजिल, कोलम्बिया, उरुग्वे र पनामा जाने कतार एयरवेजका यात्रीहरुका लागि पनि आफ्नो कोडसेयर साझेदारीमा लागू हुने घोषणा गरेको छ ।

एयरलाइनको कोडसेयर साझेदारी तथा दुवै यात्रुवाहकको ‘वनवर्ल्ड रिलेसनसिप’ अझ बलियो बनाउँदै नयाँ कोडसेयर गन्तव्यस्थल अग्रिम बुक गर्न सकिने बताइएको छ । कतार एयरवेजको कोड (क्यूआर) आइबेरिया एयरलाइनले सञ्चालन गर्ने मैड्रिडबाट पनामाको पनामा सिटी, ब्राजिलको रियो डि जेनेरियो, कोलम्बियाको बोगोटा मेडेलिन (एमडीई), उरुग्वेको मोन्टेभिडियो तथा डोमिनिकन गणराज्यको स्यान्टो डोमिङ्गोसम्म जाने रुटहरुमा लागू हुनेछ । हालै कतार एयरवेजले दोहाबाट म्याड्रिडका लागि दैनिक दुइटा सिधा उडान सुरु गरेको छ । आगामी जुलाईदेखि यी उडान सातामा १७ पटक पुर्याइने बताएको छ ।

कतार एयरवेज समूहका मुख्य कार्यकारी अकबर अल बेकरले भने, ‘आईबेरियासँग कोडसेयर साझेदारीको दुवै नेटवर्कका अतिरिक्त गन्तव्यका साथसाथै वनवर्ल्ड अलाएन्समा हाम्रो सदस्यता विस्तार गर्नु हाम्रा ग्राहकहरुको पारस्परिक इच्छाका आधारमा स्वाभाविक प्रगति पनि हो । ल्याटिन अमेरिका हाम्रा लागि विकासको एउटा प्रमुख क्षेत्र हो तथा हामी कतार, विशद् मध्यपूर्व, दक्षिण एसियाबाट हाम्रा बहुमूल्य यात्रीहरुलाई द्रुत गतिमा बढ्दै गरेका यी नयाँ शहरसँग सहजरुपमा जोड्न पाउँदा खुसी छौं ।’

आईबेरियाका अध्यक्ष तथा मुख्य कार्यकारी अधिकृत लुइस ग्याल्लेगोले भने, ‘हामी आफ्नो वन वल्र्ड पार्टनर, कतार एयरवेजसँग यो विस्तारित कोडसेयर सहमतिको घोषणा गर्न पाउँदा अत्यन्त खुसी छौं । यी अतिरिक्त रुटहरुद्वारा हामीले आफ्ना व्यावसायिक अथवा छुट्टी मनाउन घुमफिर गर्ने दुवै किसिमका यात्रुहरुलाई मध्यपूर्व तथा एसियासम्म अझ बढी पहुँच तथा विकल्प दिन सक्छौं ।’

दुवै एयरलाइन्सको फ्रिक्वेन्ट फ्लाएर प्रोग्राम – कतार एयरवेज प्रिभिलेज क्लब तथा आईबेरिया प्लसका सदस्यहरुले कतार एयरवेजको पुरस्कार विजेता हब, हमाद इन्टरनेसनल एयरपोर्ट (एचआईए) र आईबेरियाको हब म्याड्रिड एयरपोर्टको टर्मिनल ४ मा यो साझेदारीको फाइदा लिन सक्नेछन् ।