‘नयाँ वर्षको बहार – आईएमई गर्दा उपहारै उपहार’

२०७४ साल चैत ०१ गतेदेखि जेठ मसान्त २०७५ सम्म गरी तीन महिना कायम हुने यस योजनाअन्तर्गत विदेशबाट आईएमई गर्ने सेवाग्राहीहरूले साप्ताहिक ‘लक्कीड्र’मा डिस होम, मासिक ‘लक्कीड्र’मा स्मार्ट फोन र बम्पर ‘लक्कीड्र’मा ४२ इन्चको एलईडी टीभी प्राप्त गर्न सक्नेछन् ।

आईएमई लिमिटेडले नयाँवर्ष २०७५ लाई लक्ष्य गरी ‘नयाँ वर्षको बहार आईएमई गर्दा उपहारै उपहार’ व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ ।

२०७४ साल चैत ०१ गतेदेखि जेठ मसान्त २०७५ सम्म गरी तीन महिना कायम हुने यस योजनाअन्तर्गत विदेशबाट आईएमई गर्ने सेवाग्राहीहरूले साप्ताहिक ‘लक्कीड्र’मा डिस होम, मासिक ‘लक्कीड्र’मा स्मार्ट फोन र बम्पर ‘लक्कीड्र’मा ४२ इन्चको एलईडी टीभी प्राप्त गर्न सक्नेछन् ।

योजना अवधिमा गरिएका कारोबारहरुको ‘लक्की ड्र’ ट्रान्जेक्सन नम्बरका आधारमा सफ्टवेयर पद्धतिमार्फत हुने र सो को जानकारी कम्पनीका आधिकारिक सामाजिक सन्जाल पेज र सञ्चारमाध्यममार्फत सार्वजनिक गरिने छ ।

त्यस्तै मलेसियास्थित रिया आईएमईले नेपाली नयाँवर्ष २०७५ को अवसरमा ‘न्यु इयर बोनन्जा’ स्किम सार्वजनिक गरेको छ । यो योजना चैत ०६, ०७४ देखि वैशाख १७, ०७५ (तदनुसार २० मार्चदेखि ३० अप्रील, २०१८ ) गरी ४० दिनसम्म कायम हुनेछ ।

योजनाअन्तर्गत मलेसियास्थित रिया आईएमईबाट आईएमई गर्ने सेवाग्राहीहरूले पाक्षिक रुपमा स्मार्ट फोन र महिनाको अन्त्यमा ३२ इन्चको एलईडी टीभी प्राप्त गर्नसक्नेछन् ।