किरण सुजद्धारा नेपाल एम्बुलेन्स सर्भिसलाई गोल्डस्टार जुत्ता प्रदान

नेपाल एम्बुलेन्स सर्भिसमा कार्यरत इमर्जेन्सी मेडिकल टेक्निसियन्स् र वाहन चालकहरु (ड्राइभर) लाई किरण सुज म्यानुफ्याक्चरले गोल्डस्टार जङ्गल बुट जुत्ता हस्तान्तरण गरेको छ ।

किरण सुज म्यानुफ्याक्चरका मार्केटिङ एन्ड ब्राण्डिङ निर्देशक विदुशी राणाले नेपाल एम्बुलेन्स सर्भिसका उपाध्यक्ष रंजित आर्चायलाई हस्तान्त्रण गरिन । गोल्डस्टारले उत्पादन गर्ने स्तरिय जुत्ताहरु मध्येकै एक जङ्गल बुट ४४ जोर हस्तान्तरण गरे ।

एम्बुलेन्समा सेवा दिने क्रममा निकै कठिन ठाउँमा समेत पुगेर सेवा दिनुपर्ने कारणले उक्त जुत्ता उपयोगी हुने विस्वास लिइएको छ । गोल्डस्टारका जङ्गल बुट हिलो र चिप्लोमा नचिप्लीने निकै उपयोगी बुट रहेको छ ।

हस्तान्त्रण पछि किरण सुज म्यानुफ्याक्चरका मार्केटिङ एन्ड ब्राण्डिङ राणाले भनिन ‘नेपाल एम्बुलेन्स सर्भिससँग जोडिन पाएकोमा हामी निकै खुसी छौं । यो एउटा सानो प्रयास हो, भोलिका दिनमा हामी अझै राम्रोसँग सहकार्य गर्दै अगाडी बढ्ने छौं ।’
नेपाल एम्बुलेन्स सर्भिसका उपाध्यक्ष आर्चायले भने ‘गोल्डस्टारसँगको सहकार्यले हाम्रा इमर्जेन्सी मेडिकल टेक्निसियन्स् र चालकहरुलाई निकै नै सहयोग पुग्ने छ । भोलिका दिनमा यो सहकार्य अझै बिस्तार हुने हामीले विस्वास लिएका छौं ।’