४० लाख कारोबार गर्दै सकियो तेस्रो खाद्य मेला

भृकुटीमण्डपमा चलेको तेस्रो खाद्य मेला आइतबार सम्पन्न भएको छ । शुक्रबारबाट सुरु भएको मेलामा झन्डै ४० लाख रुपैया कारोबार भएको मेला आयोजक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रवक्ता पूर्णचन्द्र वस्तीले क्यापिटल नेपाललाइ जानकारी दिए ।
मेलाको झण्डै ५५ हजार दर्शकले अवलोकन गरेको उनले बताए ।

मेलामा विभिन्न जनजातिका पौष्टिक खाद्य पदार्थ, खानाका परिकार, स्थानीय उत्पादनहरुको प्रदर्शनी, बिक्री वितरणका स्टलहरु राखिएको थियो । खाने बानीको सुधार तथा पौष्टिक खाद्य पदार्थको प्रचार तथा प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको मेलामा विभिन्न ३ ओटा विद्यामा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको थियो ।

जसमध्ये खाद्य परिकार उद्योग विधामा मेवा लहना किर्तीपुर काठमाडौं प्रथम, धनपोखरा रुप्लेफाट होमस्टे दोस्रो, थारु फास्ट फुड काठमाडौं तेस्रो र रैथाने ललितपुर सान्त्वना भएका छन । बस्तु उत्पादन उद्योगतर्फ आर्गनिक कृषि उद्योगी कपिलवस्तु प्रथम, नेपाल एभरेस्ट फुड स्न्याक्स प्रालि रुपन्देही दोस्रो, नेपाल मन उद्योग काठमाडांै तेस्रो र टिट्टो फ्रिट्टो स्वयम्भू सान्तवना भएका छन । सुचना तथा प्रविधि सम्वन्धि जानकारी प्रदर्शन विधामा न्युट्रियस एण्ड डाइटिसियन एसोसियसन अफ नेपाल प्रथम, पद्मश्री इन्टरनेशनल कलेज .काठमाडांै दोस्रो सनवक्र्स नेपाल काठमाडौं तेस्रो र नेपाल डाइटिसियन संघ सान्त्वना भएको प्रवक्ता वस्तीले बताए ।