राष्ट्रिय गाैरवकाे प्रगति १८ प्रतिशत, कसरी पूरा हुन्छ अाेलीकाे सपना ?

चालु आर्थिक वर्षमा ६३ अर्ब ७० करोड ५४ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको १२ अर्ब ५ करोड ३५ लाख ६७ हजार रुपैयाँ मात्र खर्च भएको अर्थमन्त्रालयले तयार गरेको अर्ध वार्षिक समिक्षा प्रतिवदेनमा उल्लेख छ । २१ आयोजनाका समग्र वित्तीय प्रगति १८ दशमलव ९२ प्रतिशत मात्रै देखिएको छ ।

मुलुकको विकास र आर्थिक सम्वृद्धिमा योगदान पु¥याउन सरकारले उच्च प्राथमिकता राखेर बजेट विनियोजन गर्दै आएका राष्ट्रिय गौरवका आयोजनाको प्रगति चिन्ताजनक देखिएको छ । २१ आयोजनाको लागि प्रयाप्त बजेटको व्यवस्था गरे पनि चालु आर्थिक वर्षमा पनि गति लिन सकेका छैनन् ।

कतिपय आयोजनामा बजेट अभाबले काम गर्न नसकिरहेको अवस्थामा ती आयोजनामा भने बजेट खर्च हुन सकेको छैन ।
चालु आर्थिक वर्षमा ६३ अर्ब ७० करोड ५४ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको१२ अर्ब ५ करोड ३५ लाख ६७ हजार रुपैयाँ मात्र खर्च भएको अर्थमन्त्रालयले तयार गरेको अर्ध वार्षिक समिक्षा प्रतिवदेनमा उल्लेख छ । २१ आयोजनाका समग्र वित्तीय प्रगति १८ दशमलव ९२ प्रतिशत मात्रै देखिएको छ ।

काठमाडौं—तराईमधेस फास्ट ट्रयाकको अवस्था बेहाल छ । समिक्षा अवधिमा २ दशमलव ९६ प्रतिशत मात्र खर्च गरेको छ । सबैभन्दा कमजोर प्रगति फास्ट ट्रयाकमा देखिएको छ । १० अर्ब १४ करोड रुपैयाँमा ३० करोड रुपैयाँ मात्र खर्च भएको देखिन्छ । पछिल्लो समय नेपाली सेनाले जिम्मा लिएर काम अघि बढाएकाले केही गति लिने आशा बढेको छ ।

मेलम्ची खानेपानी आयोजनाले लक्ष्य अनुसार काम नगरेर टनेलको ब्रेक थ्रू गर्ने समय सारेको छ । वैशाखमा टनेलको ब्रेक थ्रू गर्ने प्रतिबद्धता जनाएको कम्पनीले फेरी जेठसम्मको लागि मेलम्ची खानेपानी विकास समितिले समय थप गरेको छ ।

पूर्व पश्चिम जोड्ने मध्यपहाडी लोकमार्गको अवस्था दयनीय छ । २६ दशमलब ८१ प्रतिशत वित्तीय प्रगति देखिएको छ । ४ अर्ब २ करोड ८३ लाख ७१ हजार रुपैयाँ मध्ये १ अर्ब ८ करोड रुपैयाँ मात्र खर्च भएको छ । यो वर्ष ६४ किलोमिटर कालोपत्रे गर्ने, ४१ किलोमिटर ग्राभेल गर्ने र १६ वटा पुल निमार्ण सम्पन्न गर्ने लक्ष्य पूरा हुने संकेत देखिएको छैन ।

एक दशक अघि सुरु भएको रानीजमरा कुलरिया सिँचाइ आयोजनाले यो वर्ष ७६ करोड ६६ लाख १६ हजार रुपैयाँ खर्च गरेको छ । आयोजनाको लागि १ अर्ब ९७ करोड ८ लाख ३२ हजार रुपैयाँ बजेट विनियोजित छ ।
तुलनात्मक रुपमा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले भने विनियोजन गरेको बजेटमा ६२ दशमलव ६४ प्रतिशत खर्च गर्न सफल भएको छ । चालू आर्थिक वर्षमा ८८ करोड ८० लाख रुपैयाँ विनियोजन गरेकोमा ५५ करोड ६२ लाख रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ ।

सिक्टा सिँचाइ आयोजनाले पनि यो वर्षको लागि प्राप्त गरेको बजेटमा २८ दशमलव ०६ प्रतिशत मात्र खर्च गरेको छ । १ अर्ब ५८ करोड ७१ लाख ५९ हजार रुपैयाँ मध्ये ४४ करोड ५३ लाख ७ हजार रुपैयाँ मात्र खर्च गरेको हो । आर्थिक वर्ष ०७१÷७२ मा निमार्ण सम्पन्न गर्नुपर्ने योजना ०७६/७७ सम्म सम्पन्न गर्ने लक्ष्य लिए पनि समयमै पूरा हुने थप आशांका सृजना भएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले राम्रो प्रगति गरेको छ । यस वर्ष ५० करोड रुपैयाँ बजेट ३३.३३प्रतिशत हुन आउने १६ करोड ७६ लाख रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्षसम्ममा ९३ प्रतिशत कार्यप्रगति भएको छ । ४ सय ५६ मेगावाट क्षमताको यो आयोजना २०७५ पुससम्ममा सबै युनिट सञ्चालनमा ल्याउने योजना सहित काम अघि बढेको जनाएको छ ।

कोशी, कर्णाली, कालीगण्डकी करिडोर, हुलाकी राजमार्गको निर्माण पनि सन्तोषजनक छैन । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा पनि अपेक्षित प्रगति हुन नसके पछि सम्बन्धित निर्माण कम्पनीलाई ताकेका गरेको नागरिक उड्डयन तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले ताकेका गरेको सार्वजनिक रुपमै बताएका छन् । चालू आर्थिक वर्षमा ७ अर्ब २२ करोड रुपैयाँ बजेट रहेकोमा २ अर्ब रुपैयाँ खर्च भएको छ । पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास कोषको प्रगति पनि २० प्रतिशतकै हाराहारीमा छ ।

प्रधानमन्त्री केपी शर्मा अाेलीले समृद्ध नेपालकाे परिकल्पना गरे पनि व्यवहारिक रूपमा त्यस्ताे नदेखिएकाे हाे । अाेलीले यसै बर्षबाटै व्यापार घाटा घट्ने बताए पनि राष्ट्रिय गाैरबकाे अायाेजनाकाे प्रगति निराशाजनक बन्दै गएकाे छ ।