एक सय ४२ मुलुकबाट नेपाल भित्रिन्छ सामान, ४२ देशमै सीमित निर्यात

‘निर्यात बढाउन प्रतिस्पर्धात्मक उत्पादन क्षमता वृद्धि तथा पारवहन लागत खर्च कम हुर्नुपर्ने उनको सुझाव छ । त्यस्का लागि सरकारले निजी क्षेत्रलाई उत्पादनमा प्रोत्साहित गर्दै लगानी मैत्री बातावरण सिर्जना गर्नुपर्ने ओझाले जानकारी दिए । निजी क्षेत्र पनि नाफामुखी हुँदै गएको र त्यस्का लागि आवश्यकताअनुसार देशको ऐन तथा कानुनमा सुधार गर्नुपर्ने समेत जोड दिए ।

नेपालसँग १ सय ४२ मुलुकले व्यापार गरे पनि नेपालले हालसम्म ४२ देशसँग मात्रै निर्यात गर्दै आएको छ । नेपालले उत्पादनमा विविधिकरण, गैर भन्सार अवरोधलगायतका समस्यालाई समाधान नगर्दासम्म थप देशमा व्यापार बढाउन कठीन हुने पूर्वसचिव पुरुषोत्तम ओझाले जानकारी दिए ।

‘नेपालले प्रयास गर्ने हो भने, एक सय ४२ देशमै व्यापार गर्न सकिन्छ,’ उनले क्यापिटल नेपालसँग कुराकानी गर्दै भने, ‘सबै देशसँग व्यापार बढाउने हो भने अहिले भइरहेको व्यापार घाटा कम गर्न सकिन्छ ।’ नेपालले ४२ देशमा विभिन्न बस्तु निर्यात गर्दै आएको छ । उत्पादनमा विविधीकरण, गैरभन्सार अवरोधको समाधान गर्नु अहिलेको मुख्य काम रहेको उनको भनाइ छ ।

‘निर्यात बढाउन प्रतिस्पर्धात्मक उत्पादन क्षमता वृद्धि तथा पारवहन लागत खर्च कम हुर्नुपर्ने उनको सुझाव छ । त्यस्का लागि सरकारले निजी क्षेत्रलाई उत्पादनमा प्रोत्साहित गर्दै लगानी मैत्री बातावरण सिर्जना गर्नुपर्ने ओझाले जानकारी दिए । निजी क्षेत्र पनि नाफामुखी हुँदै गएको र त्यस्का लागि आवश्यकताअनुसार देशको ऐन तथा कानुनमा सुधार गर्नुपर्ने समेत जोड दिए ।

अन्तर्राष्ट्रिय बजारको माग र निर्यातबीच सन्तुलन नहुँदा बर्षेनी व्यापार घाटाको अवस्था खेप्नुपर्ने केही अर्थविदहरु बताउँछन । अन्तर्राष्ट्रिय बजारको माग पहिचान गर्न नसक्नु र आयात प्रतिस्थापन हुन नसक्दा नेपालले ठूलो व्यापार घाटा खेप्नुपरेको बाणिज्य मन्त्रालयका उपसचिव शिव त्रिपाठीले जानकारी दिए ।

उनले पहिलेभन्दा उत्पादकत्व घट्दै गएकाले पनि आयात बढेको बताए । ‘कुन देशमा कुन बस्तुको माग छ । पहिचान हुन नसक्दा पनि निर्यात घटेको देखिन्छ’ उनले भने, ‘खेतबारी बाँझिदै जान थालेपछि आयात बढ्ेको छ । यसले आयातमूखी जीवनशैली हाबी भयो ।’ उनले सन २००५÷२००६ मा झन्डै १६ लाख वर्ग किमी कार्पेट निर्यात हुने गरेको स्मरण गर्दै अहिले निर्यात ४ गुणाले घटेर ४ लाख ३ हजार वर्ग किमी मात्रै निर्यात भएको बताए ।

कृषिजन्य बस्तुको उत्पादन परम्परागत र निर्वाहमूखी प्रणालीका कारण बढ्न नसकेको र निर्यात समेत घटेको कृषि विज्ञ हरि दाहालले बताए । ‘कृषि प्रणाली परम्परागत र निर्वाहमूखी भएको छ’ उनले भने, ‘यसले गर्दा बर्षेनी निर्यात घटी व्यापार घाटा खेप्नुपरेको छ ।’ उनले कृषिमा व्यावसायिकरण र यान्त्रिकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।