हमाद अन्तर्राष्ट्रिय विमानस्थल स्काईट्र्याक्स वर्ल्ड एयरपोर्ट अवार्ड्स – २०१८ बाट सम्मानित

स्काईट्र्याक्स वर्ल्ड एयरपोर्ट अवार्ड्स विमानस्थल उद्योगको सबैभन्दा प्रतिष्ठित सम्मान मानिन्छ जुन विश्वभरिका हवाई यात्रुहरुको सन्तुष्टिमा आधारित सर्वेक्षणबाट निर्णय गरिन्छ ।

स्टकहोममा २१ मार्च २०१८ मा सम्पन्न ‘स्काईट्र्याक्स वर्ल्ड एयरपोर्ट अवार्ड्स – २०१८’ को चौथो ’सपिङका लागि सर्वश्रेष्ठ विमानस्थल’ र पाँचौ ’बेस्ट एयरपोर्ट फर डाइनिङ’ पुस्कार कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल (एचआईए)ले पाएको छ ।

स्काईट्र्याक्स वर्ल्ड एयरपोर्ट अवार्ड्स विमानस्थल उद्योगको सबैभन्दा प्रतिष्ठित सम्मान मानिन्छ जुन विश्वभरिका हवाई यात्रुहरुको सन्तुष्टिमा आधारित सर्वेक्षणबाट निर्णय गरिन्छ ।

एचआईए ’सपिङका लागि सर्वश्रेष्ठ विमानस्थल’ को क्याटगरीमा गत वर्षभन्दा एकस्थान माथि उक्लेको छ भने ’बेस्ट एयरपोर्ट फर डाइनिङ’ को क्याटगरीमा गत वर्षझैं पाँचौ स्थानमै रह्यो ।

कतार ड्युटी फ्रीका प्रमुख थाबेट मुस्लेहले भने, ‘विविध समाग्री, भोजन तथ पेय पदाथहरुका विभिन्न रेन्जसहित हामी आफ्ना सबै ग्राहकहरुका लागि सपिङ तथा डाइनिङ अनुभवलाई अझ राम्रो बनाउन लगातार प्रयास गर्छौं । यसकारण हामी विशेषगरी कतार ड्युटी फ्रीको घर, हमाद अन्तर्राष्ट्रिय विमानस्थलले यी पुरस्कार पाउँदा उत्साहित छौं । हामी आफ्ना सबै यात्रुहरुको रायसल्लाहलाई महत्त्व दिन्छौं र हामी यस उद्योगका नयाँ मानकहरु स्थापित गर्न यसका सीमाहरुलाई अगाडि बढाउन जारी राख्दै कतार ड्यूटी फ्री यात्राको अनुपम अनुभव हो भन्ने विश्वास दिलाउन चाहन्छौं ।’

एउटै छानामुनि विश्वस्तरीय सपिङको सुविधा प्रदान गर्ने हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विश्वको सबैभन्दा ठूलो पसलमध्ये एक, कतार ड्यूटी फ्रीमा ९० भन्दा बढी सुन्दर बुटिक तथा लक्जरी, विशालकाय स्टोर, साथै ३० भन्दा बढी रेस्टुरेन्ट तथा क्याफेहरु छन् । यो ड्युटी फ्री सपिङ सेन्टर ४० हजार वर्गमीटर क्षेत्रफलमा फैलिएको छ । यात्रीहरुलाई पाँचतारे विमानस्थलमा उपलब्ध लक्जरी ब्रान्डहरुमा गुच्ची, बुलगारी, हेर्मिस, जियोर्जियो अरमानी, ह्यूगो बोस, मोनक्लर, रोलेक्स तथा ह्यारोड्स उपलब्ध छन् ।