युनाइटेट स्प्रीट्स नेपालीको स्वामित्वमा

भारतको युनाइटेड स्प्रीट्स् इन्डिया लिमिटेड अन्तर्गतको युनाईटेड स्प्रीट्स् नेपाल नेपाली युवा उद्यमी राजेशवीर सिंह तुलाधारको पूर्ण स्वामित्वमा आएको छ ।

मोरङको टङ्किसिनबारीमा अवस्थित यस कम्पनीले एन्टिक्विटी, सिग्नेचर, म्याकड्वेल्स नम्बर वान ह्विस्की, गोल्डेन ग्रेप ब्रान्डी, ब्लु रिबान्ड जिन लगायतका विभिन्न १७ ब्रान्डका मदिराको उत्पादन गर्दै आएको छ ।

उद्यमी तुलाधरको पूर्ण स्वामित्वमा आएसँगै कम्पनी नेपाल लिकर्स प्रालिको नामबाट सञ्चालन भइरहेको छ । युवा उद्यमी तुलाधर स्व. भक्तविर सिंह तुलाधरका छोरा हुन । उनका बुवाले भारतको युनाइटेड स्प्रिट्स् इन्डिया लिमिटेडसँगको व्यावसायिक साझेदारको रुपमा ४० बर्ष अघि सो व्यवसाय शुरु गरेका हुन् ।